Comments Add Comment

‘झोला’ अस्कर अवार्डबाट बाहिरियो

चलचित्र झोलाको एक दृश्य
चलचित्र झोलाको एक दृश्य

नेपालमा राम्रो चर्चा बटुलेको चलचित्र ‘झोला’ विश्व प्रसिद्ध अस्कर अवार्डको दौडबाट बाहिरिएको छ । एसियाका कुनै पनि चलचित्रले ओस्कार अवार्डमा अब प्रतिस्पर्धा गर्ने छैनन् ।

यस्तै, भारतबाट अस्करका लागि गएको चलचित्र ‘लायर्स डाइस’ पनि अस्कर अवार्डबाट बाहिरिएको छ । विदेशी भाषी चलचित्रको लागि नेपालबाट ‘झोला’ भिडन्तमा थियो । अस्कर समितीले छनोट गरेको अन्तिम ९ चलचित्रबाट उत्कृष्ट ५ छानिनेछ । फ्रेवुअरी २२ मा अस्कर अवार्ड आयोजना हुन लागेको हो ।

यादव भट्टराइले निर्देशन गरेको ‘झोला’ले सार्क फिल्म फेस्टिबलमा भने उत्कृष्ट नायिकाको अवार्ड जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment