Comments Add Comment

सडक आन्दोलन चर्काउने प्रचण्ड गठवन्धनको निर्णय

19-party-meet

६ पुस, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको संघीय लोकतान्त्रिक गठवन्धनले सडक आन्दोलन चर्काउने भएको छ ।

कांग्रेस-एमालेसँगको निर्णायक वार्ता भाँडिएपछि बसेको संविधानसभामा रहेका १९ दलको बैठकले कांग्रेस र एमाले सहमतिका लागि बाधक भएको ठहर गरेको छ । ‘अब शान्तिपूर्ण सडक विद्रोहको विकल्प छैन भन्ने हाम्रो निष्कर्ष हो’-संघीय समाजवादी पार्टीका महासचिव राजेन्द्र श्रेष्ठले भने ।

बैठकले आन्दोलनको कार्यक्रम बनाउन ११ सदस्यीय कार्यदल गठन गरेको छ ।

बैठकमा एमाओवादी अध्यक्ष प्रचण्डले बालुवाटार बैठकबारे ब्रिफिङ गर्दै कांग्रेस र एमालेले बहुमतले पेलेर जान खोजेको बताएका छन् ।

कांग्रेस र एमालेले २०४७ सालको संविधान वरिपरि रहेको भन्दै उनले सडक आन्दोलनमा जोड दिएका छन् । ‘काग्रेस र एमालेले सदनमा पेलेर जान खोजेका छन्’ श्रेष्ठले भने-हामी अब सदनमा पनि संघर्ष गछौं । सडकबाट पनि दबाव दिन्छौं ।’

१९ दलको बैठकमा मधेसी नेताहरुले पनि कांग्रेस-एमालेसँग भएको छलफलबारे जानकारी गराएका छन् । ‘दुबैले आफ्नो आफ्नो क्यासेट सुनाए । विषयबस्तुमा छलफल भएन भनेर व्रिफङ भयो’ थरुहट तराई पार्टीका सभासद गोपाल दहितले अनलाइनखबरसँग भने ।

साझा बटमलाइन बनाउने निर्णय

१९ दलको बैठकले संविधान निर्माणबारे साझा बटमलाइन बनाउने निर्णय गरेको छ । यसको खाका बनाउने जिम्मा कार्यदललाई नै दिइएको संघीय समाजवादीका महासचिव राजेन्द्र श्रेष्ठले बताए ।

बैठकले तीन दलको वार्तामा ओलीले अमर्यादित शब्द प्रयोग गरेको भन्दै आपत्ति जनाएको छ । ओलीले मधेसका चार मठाधीशले भन्दैमा हुन्छर भनेको भन्दै १९ दलले पद्मरत्न मोर्चालाई लिपिस्टक र जनजाति नेतालाई अवसरवादी भनेकोमा आपत्ति जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment