Comments Add Comment

दक्षिणकाली रिसोर्टले ल्यायो क्रिसमस अफर, बार्बेक्यु, बियर र डान्सको मस्ती

Dachchinkali-Hotel

राजधानीको मध्य शहरबाट सवैभन्दा नजिकको दूरीमा रहेको ‘न्यू दक्षिणकाली रिसोर्ट’ले त्रिसमसमा युवाहरुका लागि बिशेष अफर ल्याएको छ ।

दरवारमार्गबाट १९ किलोमिटर दुरीमा फर्पिङमा रहेको दक्षिणकाली रिसोर्टमा ‘डीजे बास २०१४ अफर’मा ग्राहकले ८ सय रुपैयाँ तिरेर डीजे म्युजिक, बियर र खानाको आनन्द लिन सकिनेछ ।

डिसेम्बर २५ तारिख (बिहीबार) अपरान्ह १२ बजेदेखि सुरु हुने डिजे सेसनमा मुख्य आर्कषण रहनेछन डीजे क्याओस र डीजे मयुस । म्युजिकसागै झुम्नमात्र हैन, बारबेक्यु, बियर र बिरयानीको आनन्द पनि लिन सकिने छ ।

Dachchinkali-Hotel-2

‘हाम्रो मुख्य आर्कषण भनेकै हैदराबादी बिरयानी हो’ रिसोर्टका निर्देशक शैलेस लोहनीले भने-‘शान्त वातावरणको रिसोर्टमा हैदाराबादको अथेन्टीक बिरयानी पाउँदा तपाईं साँच्चै दंग पर्नुहुनेछ ।’

रिसोर्टमा जिउँदो लोकल कुखुरा छानेर खान पाइन्छ भने सेकुवा, तोमयाम सुप, हरियो मःमः, कााक्रो फ्राइ लगायतका परिकार उपलब्ध छन् । ३२ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा स्वीमिङ पुल, इनडोर तथा आउटडोर गेम, क्याम्प फायर, गार्डेन रेष्टुरेन्ट तथा सभा समारोहका लागि सेमिनार हलको पनि सुबिधा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment