Comments Add Comment

‘लुम्बिनीमा जाऔं, लुम्बिनीमा खाऔं, लुम्बिनीमा रमाऔं’

Lumbini-Food-Festival
६ पुस, भैरहवा । ‘लुम्बिनीमा जाआैं, लुम्बिनीमा खाऔं, लुम्बिनीमा रमाऔैं’ भन्ने नारासहित गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा सडक खाना महोत्सब (फुड फेस्टीबल) आयोजना हुने भएको छ ।

सिद्धार्थ होटल एशोसियसन (सान) र लुम्बिनी होटल तथा रेष्टुरेन्ट एशोसियसन मिलेर अंग्रेजी नयाँ वर्षको पूवसन्ध्या डिसेम्बर ३१ तारिखमा फुड फेस्टिवल आयोजना गर्न लागेका हुन्।

फेस्टिवलमा ६० वटा स्टल रहने आयोजकले बताएको छ । त्यसमा नेपाली विभिन्न जातजातिका खाना, भारतीय, चाइनीज, थाइल्यान्डलगयत विभिन्न देशका खानाका परीकारहरु रहने शानका अध्यक्ष शान्त लाल श्रेष्ठले बताए ।

लुम्बिनी सडक महोत्सवलाई अंग्रेजी नयाँ बर्षको पूर्वसन्ध्यामा गरिने ‘न्यु इयर ईभ’ लुम्बिनी फुड फेस्टिबललाई विश्वभर ब्रान्डेड प्याकेजका रुपमा लैजाने आयोजकको लक्ष्य छ ।

यसले लुम्बिनी र यस क्षेत्रको पर्यटन क्षेत्रको प्रबर्द्धन हुने लुम्बिनी होटल तथा रेष्टुरेन्ट एशोसियसनका अध्यक्ष मिथुन श्रेष्ठले बताए ।

सडक खाना महोत्सव लुम्बिनीमा तेश्रो पटक आयोजना हुन लागेको हो । स्वदेशी, विदेशी पर्यटक, स्थानीय भैरहवा, बुटवल र अन्य ग्रामिण बजारबाट मात्र नभई सिमावर्ती भारतीय बजारबाट समेत  महोत्सबमा सहभागी हुन आउने अपेक्षा गरेको प्रचार-प्रसार समितीका संयोजक गोबिन्द ज्ञवालीले जनाए ।

महोत्सवमा खानाका स्टलमात्र नभई स्थानिय घरेलु सामग्री, हयान्डी क्राफ्ट, धातु तथा पत्थरका मुर्ती, माला, लोकल गार्मेन्टस् स्टल समेत रहने बताइएको छ ।

महोत्सवमा आकर्षणका रुपमा विविध साँस्कृतिक कार्यक्रममा स्थानिय बिराहा नाच, बी बोइङ डान्स, नृत्य प्रतियोगिता, डिजे प्रस्तुती लगायत रहने छ । सडक खाना महोत्सवमा हट एअर बेलुन, लाइट शो, आतिसबाजी थप आकर्षणका रुपमा रहने छन् ।

महोत्सवका दिन लुम्बिनी क्षेत्रका होटलमा ३० प्रतिशत सहुलियत दिइने आयोजकले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment