Comments Add Comment

त्रिशुली जलविद्युत्को नहर फुट्ने खतरा बढ्यो

nuwakot-photo
६ पुस, नुवाकोट । त्रिशुली जलविद्युत केन्द्रमा ल्याएको भूमिगत नहरबाट पानी निस्केपछि फुट्ने खतराले जोखिम बढाएको छ । जलविद्युत केन्द्र अन्तरगत १२ नम्बर खोल्सा नजिकैबाट पानी निस्कन सुरु गरेको हो ।

भूमिगत रुपमा नहरबाट ल्याएको पानी सामान्य घटबढ हुदै निरन्तर निस्किरहे पछि स्थानीयवासी नहर फुट्न सक्ने जोखिमले त्रसित भएका छन् । त्रिशुली जलविद्युत केन्द्रको लागि तुप्चेबाट बाँध बाधेर ल्याएको पानीको विदुर नगरपालिकाको वडा नम्बर ९ स्थित भूमिगत नहरबाट ठूलो आवाजसहित निस्केपछि सम्भावित जोखिमको ठूलो भय भएको स्थानीय लक्ष्मी मिजारले बताए ।

स्थापनाको ५० वर्षसम्ममा पानी नकिस्केको स्थानमा अकस्मात पानी निस्केपछि स्थानीयवासीले त्रिशुली जलविद्युत केन्द्रलाई खबर गरेका थिए । ढलानले छोपेको र त्यसपछि जमिनको सतहबाट निकै गहिरो स्थानबाट सञ्चालनमा रहेको नहरबाट पानी निस्केको अहिलेसम्म आफूलाई थाहा नै नभएको स्थानीयवासी तथा शिक्षक राजेन्द्र महर्जनले बताए ।

स्थापनादेखि अहिलेसम्म जमिनमूनीको सहतबाट पानी ननिस्केको र निस्कनुमा ठूलो जोखिम भएकाले यसलाई समयमानै मर्मत गर्ने त्रिशुली जलविद्युत उत्पादन केन्द्रका प्रमुख अफताब आलमले बताए । सम्भावित जोखिमबाट आत्तितै स्थानीयवासीले प्राधिकरणलाई जानकारी गराएका थिए । ईञ्जिनियर सहतिको टोली लिएर स्थलगत अवलोकनमा पुग्नुभएका केन्द्र प्रमुख आलमले भूमिगत नहरबाट निस्केको पानी खतरा हुनसक्ने बताए ।

कपिलदेव खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment