Comments Add Comment

गोकर्ण विष्ट भन्छन्-नेतालाई अधिकार दिँदा हामी बन्धक

६ पुस, काठमाडौं । बालुवाटारमा सहमति प्रयास भाँडिएको भोलिपल्ट आइतबार संविधानसभामा बोल्ने सभासदहरुले शीर्ष नेताहरुमाथि दोषारोपण गरेका छन् ।

Gokarna Bistaबैठकमा बोल्ने सभासदहरुले सिमित नेताहरुलाई अधिकार दिँदा संविधानसभा नै बन्धक बन्न पुगेको बताए ।

संवैधानिक राजनीतिक संवाद तथा समितिको प्रतिवेदनमाथि छलफलमा भाग लिँदै एमाले सचिव समेत रहेका सभासद गोकर्ण विष्टले सिमित नेताहरुले काम नगरेका कारण संविधान बन्न कठिन भएको बताए ।

उनले सम्वाद समितिको बैठकमा संविधानका अन्तरबस्तुबारे एक दिनपनि छलफल नभएको भन्दै संविधानसभाभित्रै एउटा संयन्त्र बनाएर काम गर्नुपर्ने धाराणा राखे ।

नेपाली कांग्रेसका सभासद रमेश लेखकले माघ ८ भित्र संविधान जारी गर्ने भन्ने कुनै कानुनको बन्धन नभइ नैतिक बन्धन भएकाले यसको जवाफ नेताहरुले दिनुपर्ने बताए । उनले संधिवानसभा संकटग्रस्त अवस्थामा रहेकाले कसैको आलोचना गर्नुको कुनै अर्थ नहुने बताए ।

एकीकृत माओवादीका सभासद शक्तिबहादुर बस्नेतले संख्याको अहंकार र यथास्थितिको मोहका कारण सहमति हुन नसकेेको आरोप लगाए । उनले सहमतिका लागि इमान्दार प्रयास गर्नुको साटो संख्याको धम्की दिइएको धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment