Comments Add Comment

बामदेवको सल्लाहकारबाट प्रदिप नेपालको राजीनामा

pradip

६ पुस, काठमाडौं । उपप्रधानमन्त्री एबम् गृहमन्त्री बामदेव गौतमका प्रमुख राजनीतिक सल्लाहकार प्रदीप नेपालले आइतबार पदबाट राजीनामा दिएका छन् ।

मन्त्री सरहको सुबिधा पाउने गरी करिव ६ महिनाअघि सल्लाहकार नियुक्त भएका नेपाल पछिल्लो समयमा गौतमको कार्यशैलीसँग असन्तुष्ट भएर कार्यालय जान छाडेका थिए ।

एमाले पोलिटव्यूरो सदस्य समेत रहेका नेपालले आफ्नो कुनै सल्लाह पनि सुनुवाई नभएपछि दिक्क लागेर राजीनामा दिएको बताए । ‘जनताको सुविधाका लागि केही राम्रो गरौं भनेर धेरै प्रयास गरेँ । तर केही गर्न नसकेपछि दिक्क लागेर छाडेको हुँ’ नेपालले अनलाइनखबरसँग भने ।

एमआरपी बनाउन कम्तिमा ५ विकास क्षेत्रमा क्षेत्रीय प्रशासन कार्यालयमार्फत जनतालाई सजिलो बनाउँ भन्दा पनि सुनुवाई नभएको उनले बताए ।
त्यस्तै प्रहरी नियमावलीले गृहमन्त्रीलाई भन्दा प्रधानमन्त्रीप्रति प्रहरीलाई उत्तरदायी बनाएको भन्दै आफूले बामदेवलाई कि मन्त्रालय छाड्न वा नियमावली परिवर्तन गर्न सुझाव दिएको बताए ।

‘उहाँले मलाई सहयोग गर्नुपर्‍यो भनेर आग्रह गरेपछि पार्टीबाट निर्णय गराएर गएँ, तर सहयोग लिनेले नलिएपछि बस्नु उचित लागेन’ नेपालले भने-‘अरु कुनै कारणले छाडेको होइन, बामदेव कमरेडसँग मेरो सम्बन्ध उस्तै छ ।’

नेता नेपालले आफ्नो भाइ समिरमार्फत पठाएको राजीनामा गृहमन्त्रीका निजी सचिव शेषनारायण पौडेलको हातमा पुगेको छ । नेपालको राजीनामा गृहमन्त्रीसमक्ष नपुगेका गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment