Comments Add Comment

मजदुर आन्दोलनले राजधानीका निजी पेट्रोल पम्प बन्द

६ पुस, काठमाडौं । मजदुर पक्राउको विरोधमा आइतबार राजधानीका सबै निजी पेट्रोल पम्प बन्द भएका छन् । निजी पम्पहरु बन्द भएपछि साझा र आर्मी तथा प्रहरीको पम्पमा तेल हाल्न सवारी साधनको लामो लाइन लागेको छ ।

Petrol-Pumpमूल्य घटाएपछि अनुगमनमा निस्किएको बाणिज्य विभागको टोलीले पूरानै मूल्य लिएको भन्दै कालिमाटीस्थित सीता केयरका दुई कर्मचारी विनोदराज घिमिरे र गोविन्द भट्टराईलाई पक्राउ परेपछि मजदुर आन्दोलन भएका हुन् ।

पेट्रोलियम मजदुर युनियनले आइतबार राजधानीका सबै पम्प बन्द गराएका छन् भने थानकोटस्थित नेपाल आयल निगमको डिपोबाट तेल उठाएका छैनन् ।

अहिले बाणिज्य विभागसँग वार्ता भइरहेको युनियनका अध्यक्ष शिव पोखरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment