Comments Add Comment

मन्त्रालयमा दुई सचिव राख्नेबारे दुई मत

६ पुस, काठमाडौं । प्रत्येक मन्त्रालयमा दुई सचिव राख्ने बारेमा सभासदहरुको मत बाझिएको छ । राज्य व्यवस्था समितिको आइतबारको बैठकमा सभासदहरुमध्ये केहीले दुई सचिव आवश्यक रहेको धारणा राखे भने केहीले अनावश्यक भएको बताएका छन् ।

सभासदहरुको कुरा कुनेपछि सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले प्रत्येक मन्त्रालयमा दुई जना सचिवको पदस्थापनाको विषयमा विस्तृत अध्ययनपछि मात्रै निर्णयमा पुग्न उपयुक्त हुने धारणा राखेका छन् ।

मन्त्री पण्डितले सभासदहरुमा जस्तै मन्त्रालयमा पनि दुई सचिव राख्ने विषयको सकारात्मक र नकारात्मक दुवैखाले प्रभाव पर्ने बताए । यसअघि केही मन्त्रालयमा दुई सचिवको व्यवस्था थियो ।

मन्त्री पण्डितले मन्त्रालयमा विशिष्ट श्रेणीका दुई कर्मचारीको व्यवस्था गर्दा एक सचिव र एक विशेष सचिव रहने प्रावधान राखेर वरिष्ठलाई मन्त्रालय र कनिष्ठलाई विभाग वा महाशाखाको जिम्मा लगाउने सुझाव आएको जानकारी दिए ।

केही सभासदले एउटै मन्त्रालयमा दुई सचिवको व्यवस्थाले प्रशासनिक नेतृत्व कसले लिने, कार्यक्षेत्रमा दोहोरोपन आउने, कुन नीतिमा कसले नेतृत्व गर्ने भन्ने विवाद आउन सक्नेतर्फ सचेत गराएको सभासद रामेश्वर फुयालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment