Comments Add Comment

नागरिक लगानी कोष नयाँ रणनीति अनुरुप अघि बढ्ने

cit photo६ पुस काठमाडौ । नागरिक लगानी कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले कोषलाई नयाँ रणनीतिअनुरुप अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् । कोषको दिर्घकालिन रणनीतिक योजना तर्जुमा प्रारम्भिक गोष्ठीको उद्घाटन गर्दे पोखरेलले आगामी दिनमा कोषलाई नयाँ परिवर्तित ब्यवस्थापनको अबधारण अनुरुप अघि बढाउने बताएका हुन ।

नयाँ रणनीतिले कोषका कामकारबाही प्रक्रिया छिटो र छरितो हुने विश्वाससमेत दिलाए । सो अवसरमा पोखरेलले ब्यवस्थापनलाई सहभागितात्मक प्रजातान्त्रिक बिचार अनुरुप अबको दिनमा कोषलाई अघि बढाउने दृढता व्यक्त गरे ।

दुई दिने गोष्ठीको समापन गर्दै कोष संचालक समितिका अध्यक्ष शंकरप्रसाद अधिकारीले सरकारको तर्फबाट आफुले सँधैभरि सहयोग गर्ने धारणा राखे । अधिकारीले कर्मचारीको वृत्ति बिकासमा यस्ता कार्यक्रमले प्रभावकारी भूमिका खेल्ने हुँदा यसलाई निरन्तरता दिनपर्ने आवश्यकता औँल्याए ।

कार्यक्रममा स्रोत व्यक्तिको तर्फबाट उद्धव कोइरालाले कोषलाई राष्ट्रिय र अन्तराष्ट्रिय स्तर सम्म पुर्‍याउनको लागि कोषको रणनीति र मिसन कस्तो हुुनुपर्ने भन्ने कार्यपत्र पेश गरेका थिए ।

कोषका कर्मचारीले २०४७ सालको कोषको दृष्टिकोण समय सापेक्ष हुन नसकेको भन्दै त्यसमा परिमार्जन गर्नुपर्ने, समुन्नत राष्ट्र निर्माणको लागि बचत परिचालन गर्दे संगठित संस्थाको रुपमा कोषलाई ल्याउनुपर्ने, स्वदेशमा मात्रै नभई विदेशमा पनि बचत परिचालन गर्ने तर्फ लिखित धारणा राखेका थिए ।

कोषमा आबद्ध एक सय भन्दा बढि कर्मचारी सहभागी सो गोष्ठीमा कार्यलयका सबै तहाका कर्मचारी सहभागी भएको यो कोषकै इतिहासमा पहिलो हो । चालु आबको असोज मसान्तसम्म कोषले ५४ अर्ब ४ करोड ९१ लाख रुपैयाँ बचत संकलन गरेको छ भने ४९ अर्ब ७९ करोड ६८ लाख रुपैयाँ लगानी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment