Comments Add Comment

सुन्धारामा प्रभू बैंकको शाखा

Prabhu bank sundhara branch opening६ पुस काठमाडौं । काठमाडौंको सुन्धारामा प्रभु बैंकले शाखा स्थापना गरेको छ । उक्त शाखाको उदघाटन बैंककी सञ्चालक कुसुम लामाले गरिन ।

साविकको जेनिथ फाइनान्सको प्रधानकार्यालय स्थानान्तरण गरी सुन्धारास्थित बागदरबारमा बैंकले शाखा स्थापना गरेको हो । प्रभु विकास बैंक, किष्ट बैंक, जेनिथ फाइनान्स, गौरीशंकर विकास बैंक एकआपसमा गाभिँदा काठमाडौं उपत्यकामा ५ र मोफसलमा १९ गरी २४ वटा शाखा कार्यालयहरु दोहोरिएका थिए ।

Prabhuबैंकले दोहोरिएका क्षेत्रका शाखाहरुलाई स्थानान्तरण गरेको हो । न्यूरोडका ग्राहकलाई ध्यानमा राखी सुन्धारामा शाखा स्थापना गरिएको लामाले बताइन । दोहोरीएका १४ वटै शाखालाई क्रमश स्थानान्तरण गरिने उनले जानकारी दिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment