Comments Add Comment

गुडिरहेका बसमा ११ हजार भोल्टको करेन्ट प्रवाह, ४ को मृत्यु

Electric Shock at Bus

नानीराम नेपाल

६ पुस, चौतारा । सिन्धुपाल्चोकको बराम्चीमा गुडिरहेको बसमा ११ हजार भोल्टको तारबाट करेन्ट प्रवाह हुँदा चार जनाको मृत्यु भएको छ ।

विद्युत् खम्बाको दूरी टाढा भई तार झोलिएको तारले काठमाडौंबाट सिन्धुपाल्चोकको कात्तिके जाँदै गरेको ना २ ख २७०२ नम्बरको बसको पछिल्लो भागमा छोएको थियो ।

‘बसमा करेन्ट प्रवाह भएपछि बाहिर निस्केन क्रममा ढोकाको हृयाडल समाउँदा धेरैलाई करेन्ट लागेको रहेछ’ घटनास्थल पुगेका सइ अम्बर जैसवालले भने ।

प्रहरीका अनुसार घटनामा बतासे-३ की ७० वर्षीया मनमाया भुजेल, पाङ्ताङ-८ की ४५ वर्षीया सर्किनी स्याङ्वो, गोल्चे-४ का ४५ वर्षीय रेखबहादुर स्याङ्वो र गुम्बा गाविस-६ का २५ वर्षीय कामी भन्ने विकास तामाङको मृत्यु भएको छ ।

घटनामा घाइते भएका आठ यात्रुलाई काभ्रेको धुलिखेल अस्पताल ल्याइएको छ । बसमा करिब ५५ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।

यसअघि मंसिर २७ गते रामेछापमा पोलमाथिको तार चुाडिएर तल्लो तारमा जोडिाढा दोरोम्बा गाउाभर हाइभोल्टेज विद्युत प्रवाह भएको थियो । त्यसक्रममा करेन्ट लागेर तीन जनाको मृत्यु भएको थियो भने आधा दर्जन घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment