६ पुस काठमाडौं । सानिमा बैंक लिमिटेडले आइतबार आफ्नो ३७औं शाखा ललितपुरको सातदोबाटोमा सञ्चालनमा ल्याएको छ ।
सेल्स बेरी डिपार्टमेन्ट स्टोरमा रहेको उक्त शाखा उद्घाटन बैंकका ब्य्रान्ड प्रवर्द्धक मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य र सञ्चालकहरुले संयुक्त रुपमा गरे ।
बैंकका सञ्चालक भरत बहादुर थापा र प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले नयाँ शाखाबाट ग्राहकहरुलाई गुणस्तरीय सेवा पुयाउने प्रतिबद्धता व्यक्त गरे ।