Comments Add Comment

१९ दलको धम्कीबाट डराउन्नौं : झलनाथ

  •  फाइल फोटो

६ पुस, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले आन्दोलन गर्ने १९ दलको धम्कीबाट नडराउने बताएका छन् । उनले दलहरुबीच सहमति हुन नसके प्रक्रियामा गएर माघ ८ मा संविधान ल्याएरै छाड्ने समेत बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले आइतबार गरेको साक्षात्कारमा नेता खनालले १० वर्षको जनयुद्व देखिसकेको भन्दै १९ दलको सडक आन्दोलनको कुरा नगर्न आग्रह गरे । उनले भने-‘यो गर्छौं, त्यो गर्छौं भनेर हावादारी धम्कीबाट जनता डराउने पक्षमा छैनन् ।’

टेबलमा बसेर बहस नगरेसम्म सहमति नहुने भन्दै उनले वार्तामा आउन आग्रह गरेका छन् ।

खनालले दलहरुबीच सहमति नभए दुई तिहाई बहुमतले संविधान जारी गर्ने बताए । उनले भने-‘यो एमाले वरिष्ठ नेता झलनाथ खनालले बोलेको कुरा हो । अवरोध गर्नेको प्रतिकार गर्छौं । मुलुकलाई झारेटाकुरे राज्य बनाउने कुरा मान्दैनौ ।’

मधेस र पहाडलाई छुट्टयाउन दिन्नौं

एमाले वरिष्ठ नेता खनालले संघीयताको नाममा मधेस र पहाडलाई छुट्टयाउने नदिने बताए ।

उनले भने-‘यो राष्ट्रनिर्माणको लागि नेपालीहरुको धेरै गर्दनहरु काटिए, यदि पहाड र मधेशलाई छुट्याइयो भने नेपालआमालाई काटेर दुई टुक्रा बनाए सरह हुनेछ, त्यसैले हामीलाई अमान्य छ ।’

समग्र मधेस एक प्रदेश हुन नसक्ने भन्दै उनले जातीय राज्य खोज्नेहरु प्रतिगामी भएको टिप्पणी गरे ।

माघ ८ गते अघि सरकार र राष्ट्रपति परिवर्तनको कुरा नगर्न खनालले सबैलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment