Comments Add Comment

निशाप्रति संयमको आकर्षण, सलोन र आश्माको कस्तो जोडी ?(भिडियो)

salon-and-aashma
चलचित्र ‘आभाष’को ट्रेलर सार्वजनिक भएको छ । पौष २५ गतेबाट चल्ने यो चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको थियो ।

गोविन्द शाहीको निर्माणमा तयार भएको चलचित्रमा निशा अधिकारी, संयम पुरी, सलोन बस्नेत, आश्मा डीसी लगायतका कलाकारको अभिनय छ । चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक सुरेन्द्र पौडेलले आफूले सबै कुरा वुझेर ‘आभाष’ बनाएको बताए । मित्रता, प्रेम र त्यसमा आउने विभिन्न उतारचढावमा चलचित्र घुमेको उनको भनाई छ ।

निर्माता गोविन्द शाहीले यसअघि आफूले बनाएको चलचित्रबाट सिकेर ‘आभाष’को निर्माण गरेको बताए । कलाकार आश्मा डीसीले यो चलचित्रमा काम गर्दा आफूलाई नया अनुभुती भएको भन्दै कथावस्तु पनि उत्कृष्ट रहेको बताइन् । अर्का कलाकार सलोन बस्नेतले यो चलचित्र आफ्ना लागि फरक स्वादको भएको खुलाए ।

हेमराज वीसी र सुरेन्द्र पौडेलको कथा रहेको चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन छ । चलचित्रका सह- निर्माता रवि शाक्य र निर्माता पवन श्रेष्ठ हुन् । aavash-photo

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment