Comments Add Comment

सात अंकले घट्यो नेप्से, १३ करोड ८५ लाख कारोबार

Stock-pous6६ पुस काठमाडौं । साताको पहिलो दिन आइतबार नै ७.२८ अंकले घटेर नेप्से परिसूचक ८९६.६१ अंकमा झरेको छ ।

आइतबारको कारोबारमा वित्त कम्पनी समूहको सूचक भने अत्यन्तै न्यून अर्थात ०.९४ न्यून अंकले बढेको छ । बाँकी सबै समूहगत सूचकहरु घटेका छन ।

यो दिन वाणिज्य बैंक समूहको सूचक १०.०१ अंकले घटेको छ । यो समूहको मात्रै ५ करोड ४९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार होटलको १.९१ अंकले, विकास बैंकको २.२७ अंकले, जलविद्युतको १८.३९ अंकले, बीमाको ३.७२ अंकले, उत्पादनमूलकको २.५६ अंकले र अन्य समूूहको समूहगत सूचक ४.७ अंकले घटेको छ ।

यो दिन १ सय १९ कम्पनीका ३ लाख ६१ हजार कित्ता सेयर १३ करोड ८४ लाख ७५ हजार रुपैयाँमा किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।

आइतबार चिलिमे जलविद्युत आयोजनाको १ करोड २३ लाख ९७ हजार, एभरेष्ट बैंकको ८२ लाख ८७ हजार, नेपाल इन्स्योरेन्सको ६८ लाख ९९ हजार, सेञ्चुरी बैंकको ६४ लाख ९ हजार र नविल बैंकको प्रवर्द्धक सेयर ६२ लाख ३० हजार रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment