Comments Add Comment

कस्तो छ सामाजिक कथाको ‘विधवा’ ?

sonu-ghimire
आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘विधवा’को बारेमा यसको निर्माणपक्षले जानकारी गराएको छ । मनोज श्रेष्ठको निर्देशन रहेको चलचित्रलाई गिरिप्रसाद सुनारले निर्माण गरेका हुन् ।

चलचित्रले सामाजिक कथावस्तु बोक्ने यसको निर्माणपक्षको भनाई छ । चलचित्रमा दीलिप रायमाझी, सोनु घिमिरे, मनोज श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।

कार्यक्रममा बोल्दै कलाकार सोनु घिमिरेले आफ्नो पहिलो चलचित्र भएकाले पनि दर्शकबाट सकारात्मक प्रतिक्रियाको अपेक्षा गरेको बताइन् ।
निर्देशक तथा कलाकार मनोज श्रेष्ठले आफूहरुले सामाजिक कथावस्तुलाई उठान गरेको भन्दै दर्शकलाई चलचित्रले कतै हसा“उने र कतै रुवाउने बताए । यो चलचित्र पौष ११ गतेबाट चल्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment