Comments Add Comment

तेह्रौं आहा रारा गोल्डकप माघ २० देखि

६ पुस, पोखरा । अन्तर क्लब आमन्त्रित तेह्रौं आहा रारा गोल्डकप फुटबल प्रतियोगिता माघ २० देखि पोखरा रंगशालामा हुने भएको छ ।

प्रतियोगितामा नेपालका ‘ए’ श्रेणीका क्लब, विदेशी टोली, पूर्वाञ्चल र पश्चिमाञ्चलका क्लबहरु र आयोजक सहारा क्लब पोखरा गरी कुल १२ टोलीको सहभागिता रहने छ ।

प्रतियोगिताका विजेता र उपविजेतालाई नगद एवम् ट्रफी, उत्कृष्ट टिम कोच, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलकिपर, फेयर प्ले, सर्वाधिक गोलकर्ता, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट डिफेन्डर र मेन अफ दि म्याचका खेलाडीलाई पनि पुरस्कृत गरिने छ ।

केही दिनपछि क्लबको बैठक बसी पुरस्कार राशिको घोषणा गरिने क्लबका अध्यक्ष वीरभद्र आचार्यले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment