Comments Add Comment

फुजेल हत्याकाण्डका आरोपी रामप्रसाद धरौटीमा छुटे

६ पुस, काठमाडौं । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका रामप्रसाद अधिकारी धरौटीमा छुटेका छन् ।

शनिबार काठमाडौं बालाजुबाट पक्राउ परेका उनलाई प्रहरीले चितवन लगेर जिल्ला अदालतमा पेश गरिएको थियो ।अदालतका मुख्य न्यायाधीश विनोदमोहन आचार्यको इजलासले अधिकारीलाई २७ हजार धरौटीमा छाड्न आदेश दिएको छ ।

अधिकारी गत भदौमा पनि पक्राउ परेका थिए । २५ दिन थुनामा राखेपछि प्रमाण नपुगेको भन्दै सरकारी वकिलको कार्यालयले मुद्दा नै दर्ता नगरी उनलाई छाडेको थियो ।

अदालतले पटक पटक पत्र पठाउँदा पनि हाजिर नभएपछि उनी शनिबार साँझ पक्राउ परेका थिए । प्रहरीले बनस्थली ढुंगेधारास्थित उनकै घरबाट पक्राउ गरेको थियो ।

पूर्वी चितवनको रत्ननगरमा रहेका आफ्ना हजुरबुबालाई भेट गर्न गएका बेला कृष्णप्रसादको २०६१ जेठ २४ गते रत्ननगर १ बकुलहर चोकमा तत्कालिन विद्रोही माओवादी कार्यकर्ताले अपहरणपछि हत्या गरेका थिए ।

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न भन्दै दाजु नुरप्रसादले रामप्रसाद र शुभद्रा सहित १३ जना विरुद्ध किटानी जाहेरी दिएका थिए ।

अधिकारी हत्यामा संलग्नलार्इ कारबाही गर्ने माग गर्दै अनसनमा बसेका नन्दप्रसादको निधन भइसकेको छ । उनकी पत्नी अहिले पनि अनसनमै छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment