Comments Add Comment

स्थानीय विकास मन्त्रीले कर्मचारीलाई भने-तपार्इहरुको काम शून्य भो

prakashman६ पुस, काठमाडौं । उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले स्थानीय विकास मन्त्रालयका कर्मचारीको कार्यगत अवस्था सन्तोषजनक नभएको भन्दै सुधार गर्न निर्देशन दिएका छन् ।

मन्त्रालयका कर्मचारीलाई आइतबार दिउँसो कार्याकक्षमा बोलाएर सिंहले निर्देशन दिएका हुन् । सचिव, सहसचिव, उपसचिव तथा अन्य कर्मचारीलाई बोलाएर आफ्ना गतिविधि कागजमा मात्र सीमित नराखी जनतालाई सहुलियत हुने काम गर्न निर्देशन दिए ।

चार चार महिनामा मन्त्रालयको समिक्षा हुने भए पनि पहिलो चौमासिक समिक्षाको नतिजा शुन्य भएपछि आगामी एक हप्ताभित्र मन्त्रालयको काम गर्ने तरिका परिवर्तन गर्न उनले कर्मचारीलाई निर्देशन दिए ।

सरकारले गाविसलाई नगरपालिकामा स्तरउन्नति गरी घोषणा गरेको धेरै समयभए पनि त्यहाँको कार्यसम्पादन लगायतका बारेमा गर्नुपर्ने काम नभएकाले त्यतातिर ध्यान दिन पनि सिंहले कर्मचारीको ध्यानाकर्षण गराएको सिंहका सहयोगी यूपी लामिछानेले जानकारी दिए । कर्मचारी जनताको सेवक हुनुपर्ने भन्दै उनले जनताका कामलाई प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment