Comments Add Comment

वर्ल्डकप पछि अफ्रिदीले वन डे क्रिकेटबाट सन्यास लिने

Shahid-Afridi

६ पुस, काठमाडौं । पाकिस्तानी अलराउन्डर साहिद अफ्रिदीले आईसीसी वर्ल्डकप २०१५ पछि एकदिवसीय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् ।

उनले टी-२० लाई भने निरन्तरता दिने बताए । उनी पाकिस्तानको टी-२० टीमका कप्तान पनि हुन् ।

न्यूजिल्याण्ड विरुद्धको ५ एकदिवसीय खेलमा नियमित कप्तान मिसबाह उलहक घाइते भएपछि अफ्रिदीले कार्यवाहक कप्तानीको भूमिका निभाएका थिए ।

एकदिवसीय क्रिकेटको डेब्यू म्याचमै श्रीलंका बिरुद्ध सबैभन्दा कम बलमा शतक बनाएका उनले ३८९ वन डे खेलेका छन् । उनको कीर्तिमान १७ बर्षसम्म रहयो ।

उनको रेकर्ड सन् २०१३ मा न्यूजिल्याण्डका अलराउन्डर कोरी एन्डरसनले भंग गरेका थिए ।

अफ्रिदीले एकदिवसीयमा ७ हजार ८७० रन बनाएका छन् भने ३ सय ९१ विकेट सहित अल टाइम लिडिङ विकेट टेकरको छैटौं स्थानमा छन् ।

३५ वर्षका अफ्रिदीले टेस्ट क्रिकेटबाट भने सन् २०१० मा सन्यास लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment