Comments Add Comment

महिला भलिबलमा नेपाल भारतसँग पराजित

Nepal-Vs-India

६ पुस, काठमाडौं । प्रथम दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा आइतबार भएको खेलमा नेपाली महिला टोली भारतसँग ३-० को सोझो सेटमा पराजित भएको हो । खेल सुरुवातीदेखि नै निकै आक्रमक शैलीमा उत्रेको भारतसामु नेपाली महिला टोली निरिह बन्यो ।

पहिलो सेट २५-१६ ले गुमाएको नेपाल दोस्रो सेट २५-१७ र तेस्रो सेट पनि २५-१७ ले पराजित हुनपुग्यो ।

जितसँगै भारतले दुई खेलबाट ६ अंक जोडेको छ भने तीन खेल खेलेको नेपालको पनि समान ६ अंक छ । भारतले पहिलो खेलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो । नेपालले पहिलो खेलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो भने दोस्रो खेल बंगलादेशलाई पनि ३-० को सोझो सेटमा पाखा लगाएको थियो ।

खेलपछि नेपालका मुख्य प्रशिक्षक सुदिसकुमार रिमालले पहिलो र दोस्रो खेलमा भन्दा भारतविरुद्ध नेपाली टोलीले निकै राम्रो खेल प्रदर्शन गरेको बताए । नेपालको ब्लक र सर्भिस विगि्रएता पनि भारतको टोली निकै छिटो खेल्ने भएकाले नेपालले हार भोग्न पुगेको उनले बताए ।

नेपालकी टोली कप्तान विनिता बुढाथोकीले धेरैजसो खेलाडीमा अन्तर्राष्ट्रिय खेलको अनुभव नभएकाले पनि हार भोग्नु परेको बताइन् ।

अर्को खेलमा श्रीलङ्काले माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्‍यो । श्रीलङ्काले माल्दिभ्सलाई २५-९,२५-१२ र २५-१७ को सेटमा पराजित गरेको हो । यस जितसँगै श्रीलङ्काले पनि ६ अङ्क जोडेको छ भने माल्दिभ्स अङ्कविहीन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment