Comments Add Comment

१० को माल भन्दै माइक्रोले विद्यार्थी नबोकेपछि…

micro (1)
७ पुस, काठमाडौं । राजधानीका कजेलमा बिहानी सिफ्टमा पढ्ने विद्यार्थी तथा पढाउने शिक्षक माइक्रोबसको मनपरीको मारमा पर्ने गरेका छन् । भाडा छुटको सुविधा दिनुपर्ने भएपछि व्यवसायीले माइक्रो नचलाउँदा विद्यार्थी तथा शिक्षक मारमा परेका हुन् ।

चक्रपथबाहिरका विभिन्न स्टेसनबाट रत्नपार्क भित्रने माइक्रोबसले यस्तो गर्ने गरेका छन् । बिहानी ‘सिफ्ट’मा अध्ययन गर्ने विद्यार्थी तथा शिक्षकका लागि ५ः४५ देखि ६ः१५ को अवधि कलेज जाने ‘पिक आवर’ हो । तर, यही अवधिमा व्यवसायीले माइक्रो नै सञ्चालन गर्दैनन् । सञ्चालन गरेकाले पनि ‘१० को माल, छाड्दे’ भन्दै माइक्रोमा चढाउन अस्वीकार गर्ने गरेको विद्यार्थीको गुनासो रहेको नयाँ पत्रिकामा खबर छ ।

लामो आन्दोलनपछि सरकारले विद्यार्थीलाई भाडा ४५ प्रतिशत छुट दिने निर्णय गरेको थियो । यसबापतको सुविधा सरकारले व्यवसायीलाई उपलब्ध गराउँदै आएको छ । छुटअन्तर्गत विद्यार्थीले माइक्रोलाई १० रुपैयाँ तिर्ने गर्छन ।
बिहान कलंकी, बालाजु, ग्वार्को, कोटेश्वर, चावहिल, नारायणगोपाल चोक र गोंगबु क्षेत्रबाट अत्यधिक विद्याथी राजधानी भित्रने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment