Comments Add Comment

एन्टोनीको ह्याट्रिकमा एथ्लेटिको मड्रिड विजयी

Antoine Griezmann

७ पुस, काठमाडौं । एन्टोनी ग्रिजम्यानको ह्याट्रिकको मदतमा एथ्लेटिको मड्रिडले स्पेनिस ला लिगामा एथ्लेटिक बिल्बाओलाई पराजित गरेको छ ।

आइतबार राति भएको खेलमा एक गोलले पछि परेको मड्रिडले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै ४–१ को जित हात पारेको हो ।

बिल्बाओले १७ औं मिनेटमा रिकोको गोलबाट अग्रता लिएको थियो । तर, दोस्रो हाफमा खेल फर्किएको एथ्लेटिकोका लागि ४६ औं मिनेटमा एन्टोनी ग्रिजम्यानले बराबरी गोल फर्काए ।

५३ औं मिनेटमा गार्सियाले पेनाल्टी गोल गर्दै एथ्लेटिको मड्रिडलाई अग्रता दिलाए । ७१ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका एन्टोनीले ८१ औं मिनेटमा  ह्याट्रिक पूरा गरे । ला लिगामा उनको पहिलो ह्याट्रिक हो ।

जितसँगै एथ्लेटिको मड्रिडको १६  खेलबाट ३५ अंक भएको छ र लिग लिडर रियल मड्रिडभन्दा चार अंकले पछाडि छ । रियलको १५ खेलबाट ३९ अंक छ भने दोस्रो स्थानमा रहेको बार्सिलोनाको १६ खेलबाट ३८ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment