Comments Add Comment

सोमबारका पत्रिकामा बिजनेस खबर

राजधानीबाट सोमबार प्रकाशित आर्थिक क्षेत्रका दैनिक पत्रिकाहरुले सवारी भाडामा मनपरी, माथिल्लो सेतीबाट पछि हट्ने एडीबीले संकेत गरेको खबर प्राथमिकताका साथ छापेका छन् ।
कारोबार दैनिकमा ‘सवारी भाडामा ब्यवसायीको मनपरी’ शीर्षकमा मुख्य खबर छ । अहिलेको इन्धन भाउ अनुसार सार्वजनिक सवारीको भाडा ८ प्रतिशतसम्मले घट्नुपर्ने हो, तर ब्यवसायीको दबाबमा सरकारले एक देखि पौने तीन प्रतिशतमात्र भाडा घटाउन लागेको छ ।
यस्तै, अनुदानको ग्यास ब्यवसायमा प्रयोग, उर्जामन्त्री निर्णयप्रति एडीबी असन्तुष्ट, चिलिमे हाइड्रोको पाँच सय कित्ता सेयर हिनामिना, नेप्से ७ अंकले घट्यो लगायतका खबर कारोबार दैनिकमा छ ।
अन्नपूर्ण पोष्टमा सार्वजनिक यातायात भाडा घटाउने तयारी, बिमामा नयाँ ऐनको तयारी, दरबारमार्गको नाङ्लो रेष्टुरेन्ट बन्द, पर्यटन पूर्वाधारमा निजी क्षेत्र अगाडि, ढुवानीमा कार्टेलिङ्ले बजार भाउ महंगियो, जलविद्युत लगानी कम्पनीले दुई अर्बको सेयर निस्कासन गर्ने, लगायतका खबर छन् ।
नागरिक दैनिकमा मार्थिल्लो सेतीबाट पछि हट्ने एडीबीको संकेत, ज्योति बैंकका कर्मचारी पक्राउ, स्वदेशमै खुल्यो पुनर्बिमा कम्पनी, टेलिकमले ल्याण्डलाइन तार फेर्ने, नाङ्लो रेष्टुरेन्ट बन्द, छालावस्तु प्रदर्शनी अर्को सातादेखि लगायतका खबर छन् ।
आर्थिक दैनिकमा मिलेमतोमा कालीमाटी तरकारी बजारको भवन पुनर्निर्माणमा करोडौं घोटाला प्रयास, एक खर्ब ९४ अर्ब रुपैयाँ निक्षेप रहेको विकास बैंकहरुको नाफा एक अर्ब ३५ करोड मात्र, नेपाल ब्यवसायका लागि सर्वोत्कष्ट देशहरुको एक सय १३ औं सूचीमा, वीरगञ्ज-सिमरालाई औद्योगिक राजधानी बनाउन प्रस्ताव लगायतका खबर छन् ।

annpurna-eco

arthik-eco

karobar-eco

nagarik-eco

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment