Comments Add Comment

केपी ओलीको कुरा सुवास नेम्वाङले काटे

subas-nemwang-and-k-p-oli

७ पुस, काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले आफूसँग दुई तिहाइ बहुमत भएकाले माघ ८ भित्रै प्रक्रियामा गएर संविधान जारी गरिने बताएका छन् । तर, ओलीको दाबीलाई संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले खण्डन गरेका छन् ।

संविधानसभा अध्यक्ष नेम्वाङले दलहरुवीच सहमति नभए प्रक्रियामा गएर माघ ८ भित्र संविधान बनाउन नसकिने स्पष्ट पारेका छन् ।

‘नेताहरु भित्र झगडा गर्छन् र बाहिर आएर प्रक्रियाबाटै संविधान बनाउछौं भन्छन्, अध्यक्ष नेम्वाङले अनलाइनखरसँग भने, ‘नेताहरुले कुरै बुझेनन्, कुरा बुझेर बोलिदिए हुन्थ्यो, सहमति भएन भने प्रक्रियाबाट माघ ८ मा संविधान बनाउन टाइम पुग्दैन ।’

संविधानसभाका अध्यक्ष भन्छन्- प्रक्रियामा गएर माघ ८ मा संविधान बनाउन सम्भव छैन

दलहरुवीच संविधानका विवादित विषयमा सहमति हुनासाथ प्रक्रियालाई छोट्याउने विषयमा पनि सहमति हुने नेम्वाङ बताउँछन् ।

सहमति भएको अवस्थामा मात्रै कार्यतालिका फेरबदल गरी छोटो बाटोबाट माघ ८ मा संविधान बनाउन सकिने नेम्वाङको भनाइ छ ।

तर, अबको ३२ दिनमा प्रक्रियामा गएर संविधान बनाउन समय नपुग्ने नेम्वाङले अनलाइनखबरलाई बताए ।

‘सहमतिबाटै प्रक्रियामा जाने हो भने पनि माघ ८ मा संविधान बनाउन भ्याइँदैन,’ सभाध्यक्ष नेम्वाङ भन्छन्- ‘झन् सहमति नै नगरी प्रक्रियाबाट संविधान बनाउन कसरी सम्भव हुन्छ ? यो सम्भव छैन । दलहरुवीच सहमति नभई माघ ८ मा संविधान बन्न सक्दैन ।’

सहमतिबाट नियमावलीका कतिपय प्रावधानहरु निलम्बन गरेर जनमत संकलनलाई स्थगन नगरेसम्म प्रक्रियामा गएर संविधान बनाउन नभ्याइने एमाओवादी सभासद अग्नि सापकोटाले अनलाइनखबरलाई बताए ।

यो पनि पढ्नुहोस्

प्रचण्डको प्रश्न-ओली देशका ठेकेदार कि महाराज ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment