Comments Add Comment

नेफ्टा ‘इन्डक्ल्याप’मा संचारमन्त्रीको यस्तो शैली ?

IMG_9425 copy
‘सातौ नेफ्टा फिल्म अवार्ड’का विजेताहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । हङकङमा कात्तिक ३ गते आयोजना भएको अवार्डका विजेताहरु तथा सहयोगीरुलाई प्रमाणपत्र र मायाको चिनो वितरण गरिएको हो ।

सूचना तथा संचारमन्त्री मिनेन्द्र  रिजालको उपस्थितीमा विजेताहरुलाई प्रमाणपत्र र मायाको चिनो वितरण गरियो । संचारमन्त्रीका रमाइला कुराले कार्यक्रम अवधीभर माहोल मनोरञ्जनात्मक बनेको थियो ।

साना–साना कुरामा समेत संचारमन्त्रीले कमेडी शैलीमा जवाफ दिदा नेफ्टाको कार्यक्रम रमाइलो बन्यो । कार्यक्रममा बोल्दै संचारमन्त्रीले चलचित्र नीति चाडै आउने भन्दै चलचित्रकर्मीलाई सुझाव केही भएको खण्डमा मन्त्रालयमा सम्पर्क गर्न आग्रह गरे ।

चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसीले कुरा काट्नेहरुले काट्दै गरेपनि नेफ्टा आफ्नै पथमा लम्केको बताए । महा–सचिव अनन्त तिमिल्सिनाले नेफ्टा अवार्ड विभिन्न बाधा र अड्चनका विचमा पनि सफल भएको बताए ।

हङकङमा अवार्ड गर्नका लागि नेपालको जिम्मा लिएका निर्माता सुनिल कुमार थापाले नेपाली चलचित्रको बजार विदेशमा लैजानु नै ठूलो कुरा भएको बताए । उनले यो चुनौतीलाई आफुरुले पुरा गरेको दाबी गरे ।

कार्यक्रममा नेपाल चलचित्र प्राविधिक संघले विज्ञापन संघका नव–निर्वाचित पदाधिकारीलाई स्वागत गरेको थियो । नेफ्टाको प्रमाणपत्र वितरण कार्यक्रममा चलचित्रकर्मी तथा पत्रकारहरुको उपस्थिती थियो ।

नेफ्टाले अर्को बर्षपनि विदेशमा अवार्ड आयोजना गर्ने जनाएको छ । जसका लागि चैत्रको अन्तिम साताबाट चलचित्र कलेक्शन गर्ने काम सुरु हुने नेफ्टाको भनाई छ । IMG_9416 copy

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment