Comments Add Comment

शेर्पा जातिको चलचित्र ‘कुसुम’ न्यूयोर्कमा

kusum_nepali_movieन्यूयोर्क । शेर्पा जातीको पहिलो चलचित्र ‘कुसुम’ अमेरिकाको न्यूयोर्कमा प्रदर्शन गरिने भएको छ । भोजपुर समाज अमेरिकाले उक्त चलचित्र न्यूयोर्कमा देखाउन लागेको हो । चलचित्र जनवरी १० तारिखमा न्यूयोर्क मा प्रदर्शन गरिदै छ । समाजको न्यूयोर्कको भिम्स क्याफेमा भएको बैठकलेे उक्त चलचित्रबाट प्राप्त भएको रकमको ३० प्रतिशत भोजपुरको विकासमा सहयोग गर्ने निर्णय गरेको छ ।

शेर्पा संस्कृती बोकेको उक्त चलचित्रको प्रदर्शनबारे जानकारी दिन न्यूयोर्कमा आयोजना गरिएको पत्रकार सम्मेलनमा भोजपुर समाजका प्रबक्ता प्रकाश बस्नेतले ‘कुसुम’ चलचित्र प्रदर्शनबापत आएको ३० प्रतिशत रकम भोजपुर जिल्लाको ग्रामीण बिकास को लागि खर्च गरिने बताए । फारा डेण्डी शेर्पा र निमा शेर्पाले निर्माण गरेको चलचित्र ‘कुसुम’को अर्थ शेर्पा भाषामा त्रिदेव अर्थात त्रिरत्न हो ।

यस्तै अवार्ड वितरणमा शेर्पाहरुकोपहिलो चलचित्र कुसुमले २०७० सालको सांस्कृतिक चलचित्र पुरस्कार पाएको छ । उक्त चलचित्रको निर्माता फारा डेण्डी शेर्पा र निमा शेर्पा रहेको छ ।पत्रकार सम्मेलनमा भोजपुर समाजका प्रेसिडेन्ट लीला राइले यस्ता चलचित्र बन्नु पर्नेमा जोड दिए ।

सागर सुब्बाले निर्देशन गरेको उक्त चलचित्रमा नायक कर्मा शेर्पा, नायिका सौजन्य सुब्बा, डोल्मा शेर्पा, आर्चन राई, अनिता लामा र सुपि्रय कटवालको मुख्य अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment