Comments Add Comment

प्रियंका र केकी जासुुस बन्दा मख्ख(फोटो फिचरसहित)

how-funny-clips
चलचित्रको नाम ‘हाउ फन्नी’ राखेर निर्देशक निलु डोल्मा शेर्पा जासुसको कथालाई पर्दामा उतार्दैछिन् । उनको चलचित्रको हाल धमाधम छायांकन भैरहेको छ । पूर्व मिस नेपाल माल्भिका सुब्बा कार्यकारी निर्माता रहेको यो चलचित्रमा शान बस्न्यातको पटकथा तथा संवाद छ । चलचित्रमा हरी हुमागाँइले छायांकन गरिरहेका छन् ।

यो चलचित्रमा दयाहाङ राई , निशा अधिकारी, प्रियंका कार्की, केकी अधिकारी, अनुप विक्रम शाही, शिशिर राणा लगायतका कलाकारको अभिनय छ । छायांकनको १४ औं दिनमा रमिता(प्रियंका) र पुष्पा(केकी) जासुुस बन्ने सपना पुरा गर्दै थिए । आफ्नो सपना पुरा भएपछि उनीहरु आफ्नो एसपी तेज बहादुर राई(दयाहाङ)लाई भेट्न केन्द्रिय अनुसन्धान ब्युरोमा पुग्छन् ।

उनीहरुलाई सुरुवातमा नै एउटा रमाइलो केस आउँछ । यही केसलाई रमाइलो तबरले अगाडि बढाउँदै निलु चलचित्रको निर्देशन गरिरहेकी छिन् । चलचित्रको छायांकन ३० दिनमा सक्ने योजना निर्माणपक्षको छ । how-funny-clips-1

priyanka-karki

nilu-dolma

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment