Comments Add Comment

सडक विस्तारमा सरकारी कार्यालय नै बाधक

निमुसंगम घर्ती
७ पुस, घोराही । दाङका घोराही र तुलसीपुर बजारमा सडक फराकिलो बनाउने काम सरकारी कार्यालय कै कारण प्रभावित भएको छ । घोराहीमा डेढ किलोमिटर र तुलसीपुरमा ९ सय मिटर सडक फराकिलो पार्ने काम सुरु भए पनि सरकारी कार्यालयहरुको समन्वयको अभावमा काम प्रभावित भएको छ ।

ghorahi road constructionसडकमा पर्ने विद्युतको पोल, रुख, खानेपानीका पाईप, टेलिफोन, केवलका तारलाई कसरी व्यवस्थित गर्ने भन्ने बिषयमा पूर्ण तयारी र व्यवस्थापन नगरी काम थालिएकोले अहिले अप्ठेरो परेको छ ।

मध्यपश्चिम सडक डिभिजन कार्यालयले आफ्नो जग्गाबाट सडक बिस्तारको काम थालनी गरेपनि अन्य ठाउँमा पोल, रुख, पाईप र घरहरु नहटाइँदा खण्ड खण्डमा काम गर्नुपर्ने अबस्था आएको छ ।

सडक डिभिजन कार्यालयले सडक ऐनमा रहेर संरचनाहरु हटाउन सबैलाई पटक पटक आग्रह गरेको छ । तर वन, विद्युत, टेलिकम लगाएतका कार्यालयहरु बजेट अभाव र सम्बन्धीत मन्त्रालयको अनुमति विना संरचनाहरु हटाउन नसकिने बताएपछि खण्ड खण्डमा काम गर्नुपर्ने अबस्था आएको हो ।

विद्युत कार्यालय घोराहीले आफूहरुसँग बजेट नहुँदासम्म पोलहरु सार्न नसकिने बताउछ । कार्यालयका नायब सुब्बा नगेन्द्रप्रसाद गिरीले सडकले नै केन्द्रमा माग गरेर कार्यालयको धरौटी खातामा रकम जम्मा गरिदिनु पर्ने बताए ।

यता वन कार्यालयका निमित्त प्रमुख अनुपराज चालिसेले रुखहरुको लगत लिईसकेको भन्दै फेरी निरीक्षण गरि वन बिभागमा पठाउने र सोही आदेश अनुसार कटान हुने बताए ।

त्यस्तै सडक विस्तारमा तोकिएको मापडण्द भित्र पर्ने घरहरु पनि घरधनिले भत्काउनु पर्ने र त्यसो नभए कार्यालयले डोजर लगाएर भत्काउने बताउँछ । साथै घर भत्काउदा लागेको खर्च समेत घर धनिले बेहोर्नुपर्ने कार्यालयका सूचना अधिकारी कल्पना अधिकारीको भनाई छ ।

उता तुलसीपुरमा पनि कम क्षति हुने गरी संरचना हटाउन आग्रह गरिएको छ । खण्ड खण्डमा काम भैरहेको सडक कार्यालयका निमित्त प्रमुख जितेन्द्र चौधरीले बताए ।

सडक बिस्तारको नाममा अहिले खण्ड खण्डमा नाला र वाल लगाउने काम भैरहेको छ । १५ महिना भित्र सडक बिस्तार सक्ने गरी घोराहीमा साढे ९ करोड र तुलसीपुरमा साढे ४ करोड रुपैयाँको ठेक्कामा काम सुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment