Comments Add Comment

संविधानसभा भवनमा साढे चार घन्टा तालाबन्दी

Ca Nepal Tala bandi  (18)

७ पुस, काठमाडौं । अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा कार्यरत कर्मचारीहरुले नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा सोमबार साढे चार घन्टा तालाबन्दी गरेका छन् । तीन दिनभित्र माग पूरा गर्ने आश्वासनपछि ताला खुलेको छ ।

संसद सचिवालयका कर्मचारी सरह तलव भत्ता र सुविधा माग गर्दै संविधानसभा भवन रहेको कर्मचारीले विहान १० बजे बैठक कक्ष प्रवेश गर्ने सबै ढोकामा ताला लगाएका थिए ।

Ca Nepal Tala bandi  (17)

जसका कारण संविधानसभा बैठकको तयारीका लागि पुगेका सचिवालयका कर्मचारी तथा मर्दायापालक पनि भित्र प्रवेश गर्न पाएनन् ।

तालाबन्दीका कारण १ बजेका लागि बोलाइएको संविधानसभाको बैठक पनि प्रभावित भयो । बैठकका लागि पुगेका प्रमुख दलका शीर्ष नेता एवं सभासदहरु संविधानसभा भवन परिसरमै अलपत्र परेका थिए ।

Ca Nepal Tala bandi  (8)

२०६५ असारमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र संविधानसभा सचिवालयबीच ५ वर्षका लागि भवन जिम्मा लिने क्रममा यहाँ कार्यरत कर्मचारीले तलब विकास समितिबाट खाने तर, भत्ता सचिवालयले आफ्ना कर्मचारी सरह दिने सम्झौता भएको थियो ।

सोही सम्झौता बमोजिम उनीहरुले अघिल्लो संविधानसभा अवधिभर सुबिधा पाए पनि दोस्रो संविधानसभापछिको सुबिधा पाएका छैनन् । आइसिसी र संविधानभाबीच अर्को सम्झौता भएको छैन ।

कर्मचारीले गत वर्ष संविधानसभाको पहिलो बैठक माघ ८ देखिकै ८० प्रतिशत भत्ता पाउनुपर्ने माग गरेका छन् ।

Ca Nepal Tala bandi  (12)

Ca Nepal Tala bandi  (7)

Ca Nepal Tala bandi  (14)

Ca Nepal Tala bandi  (15)

Ca Nepal Tala bandi  (1)

तस्वीरः श्रीधर पौडेल/अनलाइनखबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment