Comments Add Comment

सम्पत्ति शुद्धीकरणको सचेतना तालिम चलाउँदै प्रभु

७ पुस, इटहरी । प्रभु मनि ट्रान्सफरले सम्पत्ति शुद्धिकरण तथा आतंककारी गतिविधिमा हुने वित्तीय लगानीका विषयमा इटहरीमा सचेतना तालिम कार्यक्रम सञ्चालन गरेको छ ।

Prabhumanagementप्रभुले आफूसँग आबद्ध रेमिट्यान्स, सब एजेन्ट तथा सहकारी संस्थाहरुका लागि देशव्यापी रुपमा तालिम सन्चालन गर्दै आएको छ ।

तालिममा सहभागीहरुलाई विप्रेषणलाई माध्यम बनाई हुनसक्ने सम्पत्ति शुद्धिकरण सम्वन्धी गतिविधि रोक्न रेमिटेन्स कम्पनी तथा सब एजेन्टको भूमिकाको बारेमा जानकारी गराइएको थियो ।

रेमिट्यान्स कम्पनि तथा सब एजेन्ट र सहकारी संस्थाहरुलाई ऐन तथा नियमावलीले व्यवस्था गरेको दायित्व, सिमा क्षेत्रबाट हुनसक्ने अवैधानिक कारोबार, इन्टरनेटमार्फत हुन सक्ने वित्तिय अपराध आदिको बारेमा पनि जानकारी गराइएको छ ।

कार्यक्रममा प्रभु मनी ट्रान्सफरका कम्प्लाइन्स अफिसर श्यामराज गौतम, प्रभु मेनेजमेन्टका व्यवस्थापक सुनिल मिश्र, आइटी अफिसर विष्णु घिमिरे र अफिसर गोविन्द पौडेलले प्रशिक्षण दिएका थिए ।

अहिले विश्वभरी नै सम्पत्ति शुद्धिकरण तथा आतंककारी गतिविधिमा हुने वित्तिय लगानी सम्वन्धी गतिविधिहरुलाई निरुत्साहन गर्ने पहल भइरहेको छ । नेपालमा देशको अर्थतन्त्रको ठूलो हिस्सा ओगटेका रेमिटेन्स क्षेत्रलाई सुरक्षित बनाउने उद्देश्यले तालिम सन्चालन गरिएको हो ।

सोही अभियानअनुरुप कम्पनीले बुटवल, चितवन, बारा, लहान, इटहरीमा कार्यक्रम सम्पन्न भैसकेको छ । सोमबार र मंगलबार झापाकोे बिर्तामोडमा कार्यक्रम हुने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment