Comments Add Comment

एभरेष्ट बैंकद्वारा गौतम बुद्ध एयरपोर्टलाई हृवील-चेयर प्रदान

७ पुस, भैरहवा । एभरेष्ट बैंकले यात्रीहरुको सुविधाका निम्ति भैरहवास्थित गौतम बुद्ध एयरपोर्टलाई हृवील-चेयर प्रदान गरेको छ ।

एभरेष्ट बैँकका प्रमुख कार्यकारी अधिकृत एके आलुवालियाले गौतम बुद्ध एयरपोर्टका व्यवस्थापक धर्मेन्द्र पाण्डेलाई सो हृवील-चेयरहरु प्रदान गरेका हुन् ।

Everest Wheelchairसो कार्यक्रममा विभिन्न विमान कम्पनीका प्रमुखहरु, सुरक्षा अधिकारीहरुका साथै बैकका अधिकारीहरुको पनि उपस्थिति थियो ।

एभरेष्ट बैँकले सँधै आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्दै सिमान्तकृत मानिसहरुका लागि स्वास्थ्य, शिक्षा तथा अन्य पूर्वाधारहरुको व्यवस्था मिलाउँदै आएको छ ।

हाल एभरेष्ट बैँकले विश्वव्यापी रुपमा ५३ शाखा, ५ एक्स्टेन्सन काउन्टर, २३ राजस्व संकलन काउन्टर, ७५ एटीएमसाथ व्यवसायिक र कुशल सेवाहरु प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment