Comments Add Comment

वाणिज्य बैंकको पुँजी पर्याप्तता पुग्यो

७ पुस, काठमाडौं । लामो समयपछि सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको पुँजी पर्याप्तता अनुपात पुगेको छ । बैंकको पुँजी पर्याप्तता हाल १० दशमलव ०५ प्रतिशत पुगेको छ ।

Rastriya-Banijya-Bankजुन नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम न्यूनतम रुपमा पुर्‍याउनुपर्ने प्रतिशत हो ।

करिव १२ वर्ष अघि खुद सम्पत्ति २३ अर्ब रुपैयाँ र पुँजी पर्याप्तता अनुपात ३३ प्रतिशतले नकारात्मक थियो ।

पुरानो कर्जा असुली, मुनाफा अभिवृद्धिमा हासिल गरेका उपलव्धिहरुले बैंकको पुंजी सवलिकरणमा योगदान पुर्‍याउंदै आएका थिए ।

यस बाहेक नेपाल सरकारद्वारा गत ०६९ चैतमा गरिएको ४ अर्ब ३२ करोड रुपैयाँ पुँजी थप, वित्तीय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत नेपाल सरकारले विश्व बैंकबाट प्राप्त गरेको ३ अर्ब स्पेशल ड्रइगं राईट पुँजीमा रुपान्तर गरिएको थियो । यस्तै ०७० असारमा ७८ करोड ७० लाख रुपैयाँ बरावरको अग्राधिकार सेयर साधारण सेयरमा रुपान्तरित भएको थियो ।

हालैमात्र बैंकको स्वामित्वमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीबाट प्राप्त हुने नाफालगायतका योगदानबाट तोकिए बमोजिम पुँजी पुर्‍याउन सफल भएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment