Comments Add Comment

सहमति विनाको संविधानबाट द्वन्द्व : गच्छदार

७ पुस, काठमाडौं । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले राजनीतिक सहमति विना जारी गरिने संविधानले देशमा द्वन्द्व सिर्जना गर्ने चेतावनी दिएका छन् ।

फाइल फोटो
फाइल फोटो

उद्योग वाणिज्य महासंघले सोमबार राजधानीमा गरेको राजनीतिक बहस कार्यक्रममा गच्छदारले प्रक्रियाबाट नयाँ संविधान जारी गर्ने खेलमा नलाग्न सत्ता साझेदार दललाई आग्रह गरे ।

उनले भने, ‘कांग्रेस-एमाले प्रक्रियामा गएर संविधान घोषणा गर्न तयारी गरेका छन्, यसो गरिए ठूलो भूल हुन्छ, त्यसरी जारी हुने संविधानले देशमा द्वन्द्व निम्ताउँछ ।’

उनले राजनीतिक दलहरुको बैठकमा अहिलेसम्म संविधानका प्रमुख विवादित बुँदामा छलफल नभएको जानकारी पनि गराए । ‘अहिले पनि संविधानको मुख्य कन्टेन्टमा छलफल प्रवेश गरेको छैन,’ गच्छदारले भने, ‘कांग्रेस र मधेसवादी तथा मधेसवादी दलहरुबीच पनि वान टु वान छलफल भएको छैन ।’

उनले सहमतिका लागि ठूला पार्टीहरु आफ्नो स्वार्थभन्दा माथि उठ्नैपर्नेमा जोड दिए । राष्ट्रिय स्वार्थलाई सर्बोपरी ठानेर नेपालको अखण्डता, स्वतन्त्रता र एकतालाई जोगाउनका लागि परिवर्तनकारी पक्षसँग सहमति गरेर मात्रै संविधान जारी गर्नुपर्ने गच्छदारले बताए ।

उनले आफूहरु प्रतिपक्षमा बसे पनि माघ ८ मै नयाँ संविधान जारी गर्न प्रतिबद्ध रहेको बताए । ‘हामी प्रतिपक्षमा बसेका छौं, प्रतिपक्ष दलले आन्दोलन मात्रै गर्छन्, संविधान बनाउन दिँदैनन् भनेर सत्ता साझेदार दलले गलत आरोप लगाएका छन्,’ गच्छदारले भने, ‘यो गलत हो, हामी माघ ८ मै संविधान जारी गर्नुपर्छ भन्ने पक्षमा छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment