Comments Add Comment

सरकार हाम्रो एजेण्डा होइन : नारायणकाजी

७ पुस, काठमाडौं । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले सरकार आफ्नो पार्टीको एजेण्डा नभएको बताएका छन् ।

Narayan-Kaji-2नेपाल उद्योग बाणिज्य महासंघले सोमबार गरेको अन्तरक्रियामा प्रकाशले आफूहरुको प्राथमिकता संविधान भएको बताए । उनले भने-‘सरकार र सत्ता हाम्रो एजेण्डा होइन । हामी त्यता जान चाहन्नौं ।’

एकल जातीय राज्य सम्भव नभएको भन्दै उनले यसलाई अतिरन्जित गरिएको बताए । दलहरुबीच कुन मान्यताका आधारमा संघीयतामा जाने मतभेद रहेको भन्दै उनले भने-हामीले आत्मनिर्णयको अधिकारको कुरा छाडिसक्यो । उत्तर, दक्षिण, पूर्व पश्चिम जताबाट काटेपनि एकल जातीय राज्य बन्दैन ।’

उनले आफूहरुले जातीय, भाषिक, सांस्कृतिक समुदायलाई नछुट्याउने गरी प्रदेश बनाउनु पर्ने धारणा राखे ।

सहमतिकै आधारमा संविधान जारी गर्न सम्भव रहेको भन्दै उनले भने-तर, आफ्नो अंक गणितको हिसाव गरेर सहमति नगर्ने भनेर भन्न पाइँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment