Comments Add Comment

नायिकाको जन्मदिनमा छविले दिए चलचित्र उपहार

silpa-birthday
निर्माता छविराज ओझा पत्रकार सम्मेलन गरेर आफ्नो चलचित्रको प्रचार गरिहाल्ने मानिस होइनन् । तर, उनले आज भने आफ्नो नयाँ चलचित्र ‘हवल्दार सुन्तली’को २ गीत सार्वजनिक गर्न पत्रकार सम्मेलनको नै आयोजना गरे ।

टंक बुढाथोकी र दीपक शर्माले संगीत भरेका २ गीत सार्वजनिक कार्यक्रममा छविले सबैलाई मनपर्ने चलचित्र बनाएको दाबी गरे । कार्यक्रममा सुरुवातमा ‘डोला डोला’बोलको गीत गायक यूवराज चौलागाई र गायिका सहिमा श्रेष्ठल गाएर सुनाएका थिए । कार्यक्रममा यो गीतको साथमा ‘घन्टी बज्यो’बोलको गीतको भिडियो सार्वजनिक गरिएको थियो ।

तर, छविले पत्रकार सम्मेलन आयोजना गर्नुको कारण गीत मात्र सार्वजनिक गर्नु थिएन । उनले आफ्नो चलचित्रकी नायिका शिल्पा पोख्रेलको जन्मदिनका दिन कार्यक्रम राखेका थिए । कार्यक्रममा नायिकको जन्मदिनको अवसरमा केक पनि काटियो ।

नेपाली चलचित्र क्षेत्रका विभिन्न चलचित्रकर्मी र पत्रकारको बाक्लो उपस्थिती रहेको कार्यक्रममा श्याम भट्टराइको निर्देशनमा बन्न लागेको छविराज प्रोडक्शनको नयाँ चलचित्र ‘किस्मत २’को लागि नायिका पनि घोषणा गरियो । छविले नायिका पोख्रेललाई जन्मदिनको शुभकामना भन्दै चलचित्रकी नायिकामा अनुवन्धित गरे । नायकको रुपमा भने आर्यन सिग्देल रहने संभावना प्रवल छ ।

चलचित्र ‘हवल्दार सुन्तली’ चैत्र २७ गतेबाट प्रदर्शनमा आउँदैछ । यो चलचित्रलाई ऋषि लामिछानेले निर्देशन गरेका हुन् । चलचित्रमा सविन श्रेष्ठ र किशोर खतिवडा मुख्य भूमिकामा छन् । छविराज प्रोडक्शनले गुण सिनेमासँग मिलेर यो चलचित्रको निर्माण गरेका हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment