Comments Add Comment

नेपाली हलमा रजनिकान्तको ‘लिंगा’

linga
साउथ इन्डियन सुपरस्टार रजनिकान्तको नयाँ चलचित्र ‘लिंगा’ नेपालमा पनि प्रदर्शनमा आउने भएको छ । तामिल भाषामा बनेको यो चलचित्रले भारतका केही प्रान्तका बक्स अफिसमा बम्पर व्यापार गरेको थियो ।

रजनिकान्तको साथमा बलिउड नायिका सोनाक्षी सिन्हाको समेत अभिनय रहेको यो चलचित्रलाई दर्शना आट्सले नेपालमा वितरण गर्न लागेको हो । भारतमा यो चलचित्र शुक्रबारबाट हिन्दी भाषामा प्रदर्शनमा आउँदैछ । यो सँगै नेपालमा पनि एकसाथ हिन्दी भाषामा प्रदर्शन हुने दर्शना आट्सले जानकारी दिएको छ ।

तामिल भाषमा बनेको यो चलचित्रले ३ दिनमा नै १ सय करोडको व्यापार गरेर नयाँ तहल्का मच्चाएको थियो । रजनिकान्तको एक्सनले भरिएको यो चलचित्रले नेपालमा पनि राम्रो व्यापार गर्ने देखेर वितरण गर्न लागेको दर्शना आट्सले जनाएको छ । समिक्षकले यो चलचित्रलाई उत्कृष्ट रेटिङ समते दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment