Comments Add Comment

सञ्चयकोषका नवनियुक्त अध्यक्षद्धारा शपथग्रहण

Suman

७ पुस, काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले कर्मचारी सञ्चयकोषका नवनियुक्त अध्यक्ष सुमनप्रसाद शर्मालाई सोमबार पद तथा गोपनीयताको शपथ गराएका छन् । अर्थमन्त्रालयका सचिव शर्मा हालै सञ्चयकोषको सञ्चालक समिति अध्यक्षमा नियुक्त भएका थिए ।

सो अवसरमा अर्थमन्त्री महतले सञ्चयकोष स्रोत परिचालनको क्षेत्रमा महत्वपूर्ण संस्थाको रुपमा स्थापित भैसकेकोले सञ्चयकर्ताहरुको रकमको सुरक्षा र प्रतिफलको दिगोपन दुवै पक्षमा थप  जिम्मेवारीका साथ अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।

सञ्चयकोषमा अहिले सञ्चयकर्ताहरुको करिब १ खर्ब ७० अर्ब रुपैयाँ जम्मा भैसकेको र नयाा ऐनले यस संस्थाको अधिकारक्षेत्र पनि बढाएको अर्थमन्त्रीको भनाई थियो । अहिले सञ्चयकोषलाई अर्थमन्त्रालयले रेखदेख गर्दै आएपनि नियमन गर्ने उपयुक्त संस्था मन्त्रालय नभएको उनले बताए ।

यसका लागि अन्य मुलुकहरुमा अभ्यास भैरहेका नीति नियमन तथा प्रणालीको अध्ययनका आधारमा नेपालका लागि उपयुक्त र व्यवहारिक सुझाव सिफारिस गर्न पनि अर्थमन्त्री महतले निर्देशन दिए ।

सञ्चयकोषका नवनियुक्त अध्यक्ष शर्माले देशभरका सञ्चयकर्ताहरुको संरक्षकका हिसावले उनीहरुको रकमको उच्चतम प्रतिफल प्राप्ति र दिगोपन हुने हिसावले काम गरिने बताए ।

त्यसैगरी, सञ्चयकोषका प्रशासक कृष्ण आचार्यले ठूलो मात्रामा सञ्चयकर्ताहरुको रकम संकलन भैरहेको, संगठित क्षेत्रका अतिरिक्त अनौपचारिक क्षेत्रतिर पनि दायरा बढाएर काम गर्न थालिएको र सञ्चितकोषलाई तरलता र प्रतिफलको व्यवस्थापनका दृष्टिले उचित ढंगले व्यवस्थापन गर्ने गरिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment