Comments Add Comment

ओलीको कटाक्ष : प्रचण्डलाई कमिलाले टोक्यो कि क्या हो, बुरुक्क उफ्रनु भो

फाइल तस्वीर
फाइल तस्वीर

७ पुस, सर्लाही । निर्णायक भनिएको बालुवाटार बैठक भाँडिएपछि एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच ‘वाकयुद्व’ सुरु भएको छ ।

प्रचण्डले ओली देशको महाराजधिराज हो कि ठेकेदार भनेको भोलिपल्ट ओलीले भने कमिलाले टोक्यो कि क्या हो भने कटाक्ष गरेका छन् ।

सर्लाहीको हरिवनमा आयोजित पत्रकार सम्मेलनमा ओलीले भने-‘हामी त सहमतिकै पक्षमा छौँ । तर कमिलाले टोक्यो कि के हो, एमाओवादी अध्यक्ष त बुरुक्क उफ्रन थाल्नुभयो ।’

उनले प्रचण्ड नेतृत्वको २२ दलीय मोर्चा संविधान आउन नदिनकै लागि गठन गरिएको आरोप लगाए ।

आन्दोलन, रक्तपात जस्ता धम्कीको अर्थ नरहेको भन्दै ओलीले जस्तोसुकै अवरोध पन्छाएर भए पनि माघ ८ मा नयाँ संविधान जारी गर्ने दाबी गरे । भरसक सहमतिको अन्तिम प्रयास गर्छौं, नभए प्रक्रियाबाटै भए पनि मुलुकलाई नयाँ संविधान दिन्छौं ।’

संसारमा सर्वसम्मतिबाट संविधान जारी नभएको भन्दै उनले सहमतिबाट मात्रै बनाउनुपर्ने भए दुई/तीनजना नेता बसेर गरे भइहाल्थ्यो, संविधानसभा निर्वाचन किन गर्नु पर्‍यो ? भनी प्रश्न गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment