Comments Add Comment

मुस्लिम संरक्षित क्षेत्र घोषणा गर्न माग

७ पुस, काठमाडौं । राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले संवैधानिक मुस्लिम आयोग गठन लगायतका माग राखेको छ । गठबन्धनले अब बन्ने संविधानमा मुस्लिम समूदायको पृथक राष्ट्रिय पहिचान सुनिश्चित गर्न र मौलिकहकको रुपमा मुस्लिम हक उल्लेख गर्न माग समेत गरेको छ ।

हालै सम्पन्न केन्द्रीय समितिको पूर्ण विस्तारित बैठकका निर्णय सोमबार सार्बजनिक गर्दै गठबन्धनले यस्तो माग गरेको हो । यसैगरी मुस्लिम स्वायत्त एवम् संरक्षित क्षेत्र घोषणा गरिनुपर्ने, मुस्लिम पारिवारीक कानुन, धर्म निरपेक्षता, पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागुपर्ने लगायतका विभिन्न ९ बुँदे माग गठबन्धनले अघि सारेको छ ।

गठबन्धनका नबनिर्वाचित संयोजक शमीम अन्सारीले सरकारसँग विगतमा भएका सहमति र सम्झौता तत्काल कार्यान्वयन गर्न माग गरे ।

कार्यक्रममा गठबन्धनका सहसंयोजक तथा नेकपा एमालेका नेता ताजमोहम्मद मिया र महासचिव एवम् एमाओवादीका सभासद मोहम्मद जाकिर हुसैनले बिगतका सहमति यथाशिघ्र कार्यान्वयन गर्न माग गरेका थिए ।

गठबन्धनले हालै पाकिस्तानको पेशावर शहरमा अबोध बालबालिकाहरुको निर्मम हत्या हुनेगरी गरिएको आतंकारी घटनाको समेत भत्र्सना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment