Comments Add Comment

कस्तो बन्दैछ आवाजभन्दा छिटो कुद्ने कार ?

bloodhound

यसको आकार अलिअलि अन्तरिक्ष यान जस्तो, अलिअलि कारजस्तो तथा केही लडाकु जहाजसँग पनि मिल्ने जस्तो छ ।

सबैसँग मिल्दोजुल्दो रुप भएको यो हो, ब्लडहाउण्ड सुपरसोनिक कार । जसको गतिको बारेमा झ्वाट्ट सुन्दा तपाईले पत्याउनु हुन्नहोला ।

विश्वको सबैभन्दा तिब्रगतिको विमान कन्कर्डको गति भन्दा थोरै मात्र कम छ यसको गति ।

यदि इन्जिनियरहरुको योजना अनुसार सबै काम भयो भने नयाँ पुस्ताको यो ‘कन्कर्ड कार’ को गति प्रति घण्टा १ हजार माइल अर्थात् १६ सय किलोमिटर हुनेछ ।
ब्लडहाउन्ड सुपर सोनिक कारले आखिर कसरी हासिल गर्नेछ यो तिब्र गति ?

ब्लडहाउन्ड प्रोजेक्टका मुख्य इन्जिनियर मार्क च्यापम्यानका अनुसार यसअघि थ्रस्ट एसएससी इन्जिनले नै कारलाई ७ सय ६३ माइल प्रतिघण्टाको गति दिन सक्षम भएको थियो ।

ब्लडहाउन्ड एसएससी मा एक-दुइ होइन तिनवटा इन्जिन छन् । पहिलो दुइवटा इन्जिन संयुक्त छन् भने तेश्रो इन्जिन रेसिङ कारको जस्तो छ, जसले कारलाई रकेटको जस्तै गति प्रदान गर्छ ।

यो इन्जिनले २० टन शक्ति मार्फत सुपरसोनिक कारलाईगति प्रदान गर्नेछ ।

च्यापम्यानका अनुसार ब्लडहाउन्ड एसएससी १६ सय किलोमिटर प्रतिघण्टाको गति हासिल गर्ने लक्ष्यका साथ बनाइँदैछ ।

अनौठो क्षमता

bloodhound-1

आगामी वर्ष सन् २०१५ मा यो सुपरसोनिक कारलाई गुडाउने लक्ष्य राखिएको छ ।

कारको क्षमताको कुरा गर्ने हो भने झनै अनौठो लाग्छ । कारको चालक बस्ने ठाउँ अन्तरिक्ष, एरोनटिकल तथा फर्मूला वान इन्जिनियरिङको मिलान गरी तयार गरिएको छ ।

अहिलेसम्मकै सबैभन्दा तिब्र गतियुक्त यो कारमा तरल प्राकृतिक ग्यासको प्रयोग गरिएकोमा ब्लडहाउन्डमा ठोस रबर इन्धनको प्रयोग गरिनेछ ।

कारको च्यासिसमा विशेष ध्यान दिइएको छ । सबै उपकरणहरु बनाउनका लागि कार्वन फाइबरको प्रयोग गरिएको छ ।

च्यासिसमा टाइटेनियमका छड समेत प्रयोग गरिएको छ । साथै आल्मुनियम पनि प्रयोग गरिएको छ । आल्मुनियम अक्साइडको तह यति मोटो हुनेछ की कुनै प्रकारको घश्रण उत्पन्न हुनेछैन ।

ककपिटमा विशेष ध्यान

इन्जिनको थर्थराहट ककपिटसम्म नपुगोस् भन्नका लागि विशेश प्रविधिको प्रयोग गरिएको छ ।

भित्र बसेका चालकलाई अनुभुतिसम्म नहोस् की यो कारको जेट इन्जिनले कति ठूलो आवाज निकालिरहेको छ ? सुरुमा इन्जिनको आवाजले गर्ने केही कठिनाइ भने आउनसक्ने बताइएको छ । त्यसैकारण चालकले विशेष खालको हेडफोनको प्रयोग गर्नेछन् ।

bloodhound-2

रेसिङ इन्जिनले कारलाई अतिरिक्त शक्ति प्रदान गर्नेछ । जसका कारण यो कार यति तिब्र गतिमा दौडिनेछ की आफैले पैदा गरेकेा ध्वनी तरंगलाई समेत पछाडि पार्नेछ ।
अर्थात् यो कार ध्वनी तरंग भन्दा पनि छिटो कुँद्नेछ । त्यसैले यसलाई सुपरसोनिक कार भनिएको हो ।

ब्लडहाउन्ड प्रोग्राम लिमिटेडले बेलायतको ब्रिस्टोलस्थित ब्लडहन्ड टेक्निकल सेन्टरमा यो सुपरसोनिक कारको निर्माण गरिरहेको छ ।

-एजेन्सीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment