७ पुस, काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सचिन तेन्दुलकरलाई विश्वकप क्रिकेट २०१५ को ब्राण्ड एम्बेसडर घोषित भएका छन् ।
भारतीय क्रिकेट लेजेन्ड सचिन दोस्रो पटक विश्वकप एम्बेसडर घोषित भएका हुन् । यसअघि उनी २०११ मा पनि एम्बेसडर थिए ।
सचिनले अष्ट्रेलिया र न्यूजिल्याण्डले संयुक्त रुपमा आयोजना गर्ने विश्वकपको प्रमोसनका लागि भूमिका खेल्नेछन् । क्रिकेट विश्वकप हाल विश्वको तेस्रो ठूलो खेल प्रतियोगिता हो ।
तेन्दुलकरले नोभेम्बर २०१३ मा सन्यास लिएका थिए । २४ वर्ष लामो क्रिकेट करियरमा उनले भारतका लागि २०० टेष्ट खेलेका छन् । ४६३ वेन डे खेलेका उनले एक मात्र टी-२० इन्टरनेशनल खेलेका छन्, जुन दक्षिण अफ्रिकाविरुद्ध २००६ डिसेम्बर १ मा भएको थियो ।
तेन्दुलरकर विश्वकपको सर्वाधिक रन बनाउने क्रिकेटर समेत हुन् । उनले ४५ खेलमा २२७८ रन बनाएका छन् । उनको उत्कृष्ट प्रदर्शन भने २००३ मा थियो, जहाँ उनले कुल ६७३ रन बनाए ।
विश्वकप एम्बेसडर घोषणा भएकोमा खुसी व्यक्त गर्दै तेन्दुलकरले भनेका छन्-‘छ पटक विश्वकप खेलेँ । अब आउने विश्वकप भने मेरो लागि फरक अनुभव हुनेछ ।’
विश्वकपको पहिलो खेल फेब्रुअरी १४ मा हुनेछ, जसमा न्यूजिल्याण्डले श्रीलंकाको सामना गर्नेछ । अको खेलमा अष्ट्रेलियार र इग्ल्याण्ड आमनेसामने हुनेछन् ।