Comments Add Comment

उत्कृष्ट खेलाडीलाई २ लाखको पृथ्वी पुरस्कार दिइने

७ पुस, काठमाडौं । राप्रपा नेपालको भ्रातृ संगठन राष्ट्रिय खेलकुद संघ नेपालले खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने खेलाडीलाई ‘पृथ्वी पुरस्कार’बाट सम्मान गर्ने घोषणा गरेको छ ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा राप्रपा नेपालका खेलकुद विभाग प्रमुख एवम् सभासद गणेश थापाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल क्षेत्रमा उत्कृष्ट खेल प्रर्दशन गर्ने एक खेलाडीको चयन गरी सम्मान गरिने बताए ।

पुरस्कारको राशि दुई लाख रहनेछ ।

उनले यस पटक विभिन्न व्यक्तित्वबाट सहयोग गरेर सम्मान गरिने र अर्को वर्षदेखि संघमा नै अक्षय कोष खडा गरेर सम्मान गर्दै जाने बताए ।

संघका अध्यक्ष लोकबहादुर शाहीले पृथ्वी पुरस्कार पुस २६ गते प्रदान गरिने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment