Comments Add Comment

नेपाल बैंकमा चुनियो नयाँ सञ्चालक समिति

७ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंक ब्यबस्थापनबाट अलग भएपछि नेपाल बैंक लिमिटेडमा नयाँ संचालक समिति चुयन भएको छ ।

मंसिर २८ गते सम्पन्न बिशेष साधारणसभापश्चात चुनिएको नयाँ संचालक समितिले सोमबार पद बहाली गर्‍यो ।

अर्थ मन्त्रालयका सह-सचिव मधुसुदन पोखरेलको अध्यक्षतामा गठित नयाँ सञ्चालक समितिमा तीन जना नेपाल सरकारबाट मनोनित छन् भने दुई जना सर्वसाधारण शेयरधनीहरुको तर्फबाट निर्वाचित भएका हुन ।

पोखरेल बाहेक नेपाल सकारकार तर्फबाट जनार्दन शर्मा आचार्य र डा. डम्वरबहादुर भण्डारी सञ्चालक समिति सदस्य चयन भएका छन् ।

सर्वसाधारण शेयरधनीहरुको तर्फबाट निश्चल प्रधान र सुरेन्द्रबहादुर सिंह सञ्चालक समिति सदस्य चयन भएका छन् ।

नेपाल राष्ट्र बैंक धरासायी हुने अबस्था सिर्जना भएपछि नेपाल राष्ट्र बैंकले २०५८ चैत १ गतेदेखि ब्यबस्थापन आफ्नो जिम्मामा लिएर सुधारका कदम अगाडी बढाएको थियो । हालै राष्ट्र बैंकले ब्यबस्थापन सेयरधनीलाई जिम्मा लगाएपछि नयाँ संचालक समिति चुनिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment