Comments Add Comment

यसकारण खानुपर्छ अण्डा

agge
अण्डा स्वास्थ्यवर्धक खानेकुरा हो र यसले मानिसको जिउलाई स्वस्थ राख्न मद्दत पूराउँछ भन्ने हामी सबैलाई थाहा छ । विभिन्न खाले पोषक तत्वले भरिपूर्ण हुनुका साथै क्याल्सियम, आइरन तथा प्रोटिनजस्ता तत्वको भण्डारको रुपमा रहेको अण्डाको सेवनले सरीरलाई चाहिने दैनिक पौष्टिक तत्वको भरणपोषण गर्न सहयोग पूराउँछ । अण्डामा भिटामिन ए, फोलेट, भिटामिन बी टू, भिटामिन बी फाइभ, भिटामिन बी १२, फस्फोरस, सेलेनियम, भिटामिन डी, इ, के तथा जिंक लगायतका तत्व पनि पाइन्छन् । विज्ञहरुका अनुसार एउटा अण्डामा यतिधेरै पौष्टिक पदार्थ हुन्छ की त्यसले एउटा कोषलाई चल्लामा बदल्न पुग्छ । अण्डामा आधुनिक भोजनका दुर्लभ पौष्टिक तत्व समेत पाइन्छ । त्यसैले अण्डालाई पोषणविज्ञहरुले सुपर फुडको उपमा समेत दिने गरेका छन् । अण्डामा मानिसलाई चाहिने सबैजसो पोषक तत्व पाइन्छन् । यस्तो गुणकारी अण्डा खानुका केही प्रमुख फाइदा यस्ता छन्ः
१. मोटोपन घटाउन सहयोग गर्छ- अण्डा खाएमा मोटाइन्छ भन्ने मान्यताका कारण दुब्ला मानिसहरुले मोटाउनकै लागि अण्डा खाने चलन नभएको होइन । तर यथार्थ के हो भने अण्डाले दुब्लालाई मोटाउन भन्दा मोटोपनाबाट पीडित मानिसहरुलाई वजन घटाउन सहयोग पूराउँछ । बिहानको ब्रेकफास्टमा अण्डा समावेश गर्नाले दिउसो कम खानकुराले पुग्ने र सामान्य अवस्थामा भन्दा ४ सय क्यालोरी कम खानेकुरा खाइने भएकाले मोटोपनाबाट पीडित भएका मानिसहरुलाई वजन घटाउन सहयोग मिल्छ । अण्डाले जिउमा पर्याप्त क्यालोरी आपूर्ति गर्ने भएकाले त्यसले दुब्ला मानिसहरुलाई फाइदै पुग्छ ।
२. आँखाको सुरक्षा- अण्डामा ल्युटिन तथा जेक्जान्थिन नामक एन्टिअक्सिडेन्ट हुन्छअण्डामा ल्युटिन तथा जेक्जान्थिन नामक एन्टिअक्सिडेन्ट हुन्छन् । यी तत्वले रतन्धो तथा छिटै दृष्टि कमजोर भएर दृष्टिवीहिन हुने जोखिमलाई दूर गर्छ ।
३. रक्तचाप कम गर्न तथा मुटुरोगबाट बचाउन- उक्त रक्तचापबाट जोगिन समेत अण्डाको सेवन लाभदायी हुन्छ । अण्डामा हुने तत्वले हाइपरटेन्सन घटाउनका लागि नकारात्मक उत्प्रेरकको भूमिका खेल्छ । अण्डामा फाइदाजनक कोलेस्टेरोल अर्थात् हाइ डेन्सिटी लिपोप्रोटिन हुन्छन् । यसले मुटुरोग, हृदयाघात लगायतका रोगको जोखिम कम गर्छ ।
४. चेतना बढाउन- सरीरको प्राकृतिक चेतना अर्थात् रिफ्ल्याक्सेसमा सुधार गर्नका लागि अण्डा सहयोगी हुन्छ । अण्डामा पाइने टाइरोसिन नामक एमिनो एसिडले मस्तिष्क तथा स्नायुको चेतनामा वृद्धि गर्दछ । अण्डामा कोलिन नामक तत्व पाइन्छ । यो हामीले खाने अन्य खाद्यपदार्थमा विरलै पाइन्छ । यो तत्वले कोष झिल्ली निर्माणमा सहयोग पूराउँछ र मस्तिष्कसम्म सूचना प्रवाह गर्ने अणुको निर्माणमा समेत भूमिका खेल्छ ।
५. बनिबनाउ दाना खुवाएर हुर्काइएका कुखुराबाट उत्पादित अण्डा भन्दा आफै स्वतन्त्रपूर्वक चर्न पाएका कुखुराले उत्पादन गरेका अण्डा बढि लाभदायी हुन्छन् । यस्ता अण्डामा उच्च मात्रामा ओमेगा थ्री फ्याट्टी एसिड पाइन्छ । यसले रगतमा ट्राइग्लिसेराइडको मात्रा घटाउँछ र मुटुरोगको जोखिम कम गर्छ ।
६. अण्डामा उच्च गुणस्तरीय प्रोटिन पाइन्छ । प्रोटिन मानव सरीरको मुख्य संरचनागत तह हो । सरीरका सबैखाले तन्तु तथा अणु बन्नका लागि प्रोटिनको आवश्यकता पर्छ । त्यसैले स्वस्थ रहनका लागि भोजनमा पर्याप्त प्रोटिन आवश्यक पर्छ । अण्डा प्रोटिनको निकै राम्रो श्रोत हो । एउटा अण्डामा ६ ग्रामसम्म प्रोटिन हुन्छ । अण्डामा सबैखाले आवश्यक एमिनो एसिड ठिक्क अनुपातमा पाइन्छ ।

विज्ञहरुका अनुसार एक वयस्क व्यक्तिले दिनमा ३ वटासम्म अण्डा खानु उपयुक्त हुन्छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment