Comments Add Comment

उद्योगपति पाण्डे र मुरारका एउटै मञ्चमा

७ पुस, काठमाडौं । उद्योग वाणिज्य महासंघका सम्पूर्ण कार्यक्रम बहिष्कार गर्दै आएका बरिष्ठ उपाध्यक्ष पशुपति मुरारका सोमबार एक्कासी महासंघको कार्यक्रम देखिए ।

पानी बाराबरको अवस्था रहेका महासंघ अध्यक्ष प्रदीपजंग पाण्डेसँग मुरारका एउटै मञ्चमा बसेका थिए । दुबैलाई एउटै मञ्चमा देखेपछि उपस्थित व्यवसायीहरु आश्चर्यमा परे ।

कार्यक्रमस्थलमा महासंघकै एकजना कर्मचारीले सातौं आश्चर्य देखियो भन्दै टिप्पणी गरे । उपाध्यक्ष मुरारकाले राजधानीको सोल्टी होटलमा आयोजित महासंघको कार्यक्रममा उपस्थित भएर सबैलाई चकित बनाइदिए । दलका शीर्ष नेतालाई संविधान निर्माणमा दबाव दिन आयोजित कार्यक्रममा मुरारकाले छोटो सम्बोधनसमेत गरे ।

महासंघका अध्यक्ष पाण्डे अवैधानिक भएको भन्दै मुरारका पक्षले उनको नेतृत्व अस्वीकार गर्दै आएको थियो । केही महिना अगाडि धुलिखेलमा भएको महासंघ बैठकमा पुगे पनि हाजिर नै नगरी बहिष्कार गरेका मुरारका त्यसयता महासंघका कुनै पनि कार्यक्रममा सहभागी थिएनन् ।

करिव ३० वर्ष अगाडि सार्वजनिक पदमा रहँदा पाण्डे अनियमिता काण्डमा अदालतबाट जेल सजायँ सुनाइएका र उनको अझै जेल भुक्तानी अवधि बाँकी रहेको भन्दै भाष्करराज राजकणिर्कारको खेमाले पाण्डेलाई अवैधानिक भन्दै आइरहेको छ । राजकणिर्कार गत चैतमा भएको महासंघको निर्वाचनमा अध्यक्षका प्रत्यासी थिए ।

अध्यक्षमा पाण्डे विजयी भए पनि भास्कर पक्षले पाण्डेलाई अध्यक्ष मानेको छैन । राजकणिर्कार खेमाकै उपाध्यक्षमा विजयी शेखर गोल्छा र पदाधिकारीमा विजयी सौरभ ज्योति भने महासंघका कार्यक्रममा छिटपुट उपस्थित हुँदै आएका छन् । मुरारकाले भने सार्वजनिक रुपमै पाण्डेको विरोध गरेर बैठक नै बहिष्कार गर्दै आएका थिए ।

महासंघको झगडाको विषयलाई लिएर केही समय अगाडि जिल्ला प्रशासन कार्यलय काठमाडौंले महासंघ कार्यलमा गएर यस विषयमा खोजीनिती समेत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment