Comments Add Comment

कांग्रेस–एमाले बैठक : आन्दोलन छाडेर वार्तामा आउन प्रचण्ड नेतृत्वको मोर्चालाई आग्रह

७ पुस, काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेले एकीकृत नेकपा माओवादी लगायतका दलहरुलाई आन्दोलन छोडेर वार्तामा आउन आग्रह गरेका छन् ।
सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई दलका शीर्ष नेताहरुको बैठकले आन्दोलन घोषणा गरेका दलहरुलाई वार्तामा आउन आग्रह गरेको हो ।

बैठकपछि नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले आन्दोलनले देशलाई निकास नदिने भन्दै वार्ता र संवादमा आउन एमाओवादी तथा मधेसवादी दलहरुलाई आग्रह गरे । ‘देशले आन्दोलन नभइ नयाँ संविधान चाहेको छ,’ बैठकपछि कांग्रेस उपसभापति पौडेलले भने, ‘सहमतिमा आउन एमाओवादी, मधेसवादी लगायतका सबै दललाई हाम्रो आग्रह छ ।’

यसैगरी एमाले बरिष्ठ नेता झलनाथ खनालले आन्दोलन घोषणा गरेका एमाओवादी र मधेसवादी दलहरुलाई सहमतिमा ल्याउन मंगलबार छलफल गर्ने जानकारी दिए ।

संविधानसभामा प्रतिनिधित्व गर्ने १९ दल र संविधानसभा बाहिरका ११ दललाई समेटेर एकीकृत माओवादीले आन्दोलनका कार्यक्रम घोषणा गरेपछि सत्ता साझेदार कांग्रेस र एमालेका शीर्ष नेताहरु बैठकमा बसेका थिए । बेलुकी सात बजे सुरु भएको दुई दलको बैठक राति साढे ९ बजे सकिएको थियो ।

कांग्रेस–एमालेको बैठकले माघ ८ मा नयाँ संविधान जारी गर्नुको विकल्प नभएको ठहर समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment