Comments Add Comment

चेल्सीको तीन अंकको अग्रता कायमै

Cesc Fabregas

८ पुस, काठमाडौं । चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा तीन अंकको अग्रता कायमै राखेको छ ।

सोमबार राति भएको खेलमा चेल्सीले स्टोकलाई २–० गोल अन्तरले पराजित गरेको छ । जितसँगै चेल्सी क्रिमसम डेमा प्रिमियर लिगको शीर्ष स्थानमै रहने पक्का भएको छ ।

घरेलु मैदानमा भएको खेलमा स्टोकले सम्हालिन नपाउँदै गोल खायो । चेल्सीका लागि खेल सुरु भएको ९५ औं सेकेण्डमा जोन टेरीले गोल गरे ।

उनले सेस फेब्रिगासको पासमा गोल गरेका हुन् । १७ खेलमा फेब्रिगासको यो १२ औं गोल एसिस्ट हो ।

स्टोकले खेलमा फर्कने प्रयास गरिरहेका बेला ७८ औं मिनेटमा फेब्रिगासले गोल गर्दै चेल्सीको जित सुनिश्चित गरे ।

खेलको अन्तिमतिर हजार्ड घाइते भए, जुन चेल्सीका लागि केही महंगो सावित हुन सक्छ ।

जितपछि चेल्सी १७ खेलबाट ४२ अंकसहित शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको म्यानचेष्टर सिटीको ३९ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment