Comments Add Comment

मंगलवारका दैनिक पत्रिकामा बिजनेश खबर

राजधानीबाट मंगलवार प्रकाशित आर्थिक क्षेत्रका दैनिक पत्रिकाहरुले माथिल्लो कर्णालीमा आईएफसीको लगानीको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
कारोबार दैनिकमा माथिल्लो कर्णालीमा आईएफसीको १० प्रतिशत लगानी, सेयर पाउन नक्कली जन्मदर्ता, तनहुँमा सहमति नभए प्रधानमन्त्रीले हस्तक्षेप गर्ने, भन्सार अब खरिदारविहीन, माथिल्लो मस्र्याङ्दी ‘ए’को ८० प्रतिशत काम सकियो, नेप्सेको नाफा डेढ गुणाले वृद्धि लगायतका खबर छन् ।
नागरिक दैनिकमा माथिल्लो कर्णालीमा आईएफसीको लगानी, आइकाओ टोलीले अध्ययन थाल्यो, स्वदेशबाटै अनिवार्य पुनर्बिमा, जलविद्युत कम्पनीको २ अर्बको सेयर आउँदै, गोदावरी भिलेज रिसोर्टमा प्याकेज लगायतका खबर छन् ।
अन्नपूर्ण पोष्टमा भोटेकोसीमा दलको अवरोधले लगानी भाँडिने प्रधानमन्त्रीको चिन्ता, माथिल्लो कर्णालीमा आईएफसीको लगानी, निजी क्षेत्रमैत्री संविधान ल्याउन आग्रह, खाद्य उद्योगमा मुद्दा, नक्कली विज्ञापन थाहा पाउन नयाँ ब्यवस्था, स्वदेशी बिमा कम्पनीमा पुनर्बिमा गर्न अनिवार्य, मनास्लु क्षेत्र भ्रमण गर्ने विदेशी पर्यटक ५५ सय लगायतका खबर छन् ।
आर्थिक दैनिकमा ‘सेयरको नाममा जलविद्युतका लगानीकर्तालाई अनावश्यक दुःख नदेउ’, कामद सहकारी संस्थाका अध्यक्ष करोडौं ठगेर फरार, राष्ट्रिय सहकारी बैंकद्वारा सीमा नाघेर एकल कर्जा प्रवाह, समस्याग्रस्त कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर कारोबार रोकियो, नेप्से ११ अंकले घट्यो लगायतका खबर छन् ।

anapurna-eco

arthik-eco

karobar-eco

nagarik-eco

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment